भारतीय प्रतियोगितामा नेपालीको कब्जा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
भारतको पिथौरागढ जिल्लाको धारचुलामा सम्पन्न भएको खुला ब्याडमिन्टन प्रतियोगिताको डबल्सको उपाधि नेपाली खेलाडिले कब्जा गरेका छन् ।
नेपाली खेलाडिहरु नारायण दहाल र सुरेशसिह थापाको जोडिले भारतीय खेलाडि अमन नबियालको जोडिलाई हराएर उपाधि जितेको हो ।
धारचुलामा रहेको स्टेडियममा आज सम्पन्न फाइन खेलमा दहाल जोडिले नबियाल जोडिलाई २१–१६ र २१–१५ ले हराएका थिए । स्वर्गीय कल्यानसिह कुटीयालको स्मृतिमा सञ्चालित स्मृति कपमा भारत र नेपालका १८ जोडिले भाग लिएका थिए । 
भारत उत्तराखण्डका अल्मोडा, चम्पावत, डिडिहाट, पिथौरागढ र धारचुलाका खेलाडिहरुले प्रतियोगितामा भाग लिएका थिए । बिजेता खेलाडिहरुले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाएका छन् ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को