चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल, तोडियो भारतीय एकाधिकार

अन्ततः नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । इन्टरनेटमा जोडिने भाका पटक-पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन गर्नेछन् । केही हप्ता भएको परीक्षण सञ्चालन सफल भएपछि व्यवसायिक रुपाम नै सञ्जालमा आवद्ध हुने तय गरिएको छ । संविधान बनेपछि भएको भारतीय नाकाबन्दीपछि चीनबाट इन्टरनेट ल्याउने योजना बनेको थियो । रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । यसअघि झण्डै एक वर्षअघि नै चीनबाट इन्टरनेट ल्याउने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेपछि तोकिएकै मितिमा सम्भव भएन । अघिल्लो वर्षको जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो । हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि-रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि-रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको १ वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को