भारतद्धारा महाकालीमाथि तीन काठेपुल निर्माण,, अबैधानिक रुपमा नेपाली भूमीमै प्रयोग गर्दै भारत ।। 

नयाँ नेपाल समाचार, दार्चुला ।
मार्मा गाउँपालिकाले विभिन्न स्थानमा तीन ओटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र निर्माण गरिरहेको छ । स्वास्थ्य चौकी भन्दा टाढा तथा स्वास्थ्य चौकी नभएका वडाहरुका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सामुदायिक स्वास्थ्य इकाई केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष जमनसिँह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाका विभिन्न बस्तीका स्थानीयहरुलाई स्वास्थ्य सेवा लिन निकै टाढा भएकाले नागरिकहरुको सेवालाई मध्यनजर गरी गाउँपालिकाले विभिन्न ३ स्थानमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र निर्माण गर्न लागेको अध्यक्ष धामीले बताउनु भयो । गाउँपालिकाले गत आर्थिक वर्षमा मार्मा गाउँपालिका वडा नम्बर ३ को भैसेबगरमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र निर्माण गरेको थियो । यस्तै चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले विभिन्न दुई स्थानमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र निर्माण गर्न लागेको हो । 
मार्मा गाउँपालिका वडा नम्बर १ को ताकु र वडा नम्बर ६ शेरीको छिपानमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र निर्माण गरिरहेको छ । सामुदायिक स्वास्थ्य इकाई केन्द्र शेरीका लागि १० लाख बजेट विनियोजन गरिएको थियो भने ताकुका लागि १२ लाख बजेट विनियोजन गरिएको स्वास्थ्य शाखा संयोजक धामीले बताउनु भयो । मार्मा गाउँपालिकाको वडा नम्बर ३ बाहेक सबै वडामा स्वास्थ्य चौकीबाट पनि नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ ।
यसैबीच वडा नम्बर १ मा रहेको सामुदायिक स्वास्थ्य इकाई केन्द्र ताकुको औपचारिक रुपमा आइतबार उद्घाटन गरिएको मार्मा गाउँपालिका अन्तरगत स्वास्थ्य शाखा संयोजक चक्रसिँह धामीले बताउनु भयो । असोज महिनाबाटै सेवा सञ्चालन आरम्भ गरिएको उक्त स्वास्थ्य इकाई केन्द्रको आइतबार मात्रै उद्घाटन गरिएको हो । 
वडा नम्बर १ का वडाध्यक्ष विरेन्द्रसिँह बोहराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख कृष्णसिँह धामी प्रमुख अतिथि रहनु भएको थियो । यस्तै गाउँपालिकाका अध्यक्ष जमनसिँह धामी विशिष्ट अतिथि रहेको कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।