पर्यटन पत्रकार महासंघको दार्चुलामा प्रथम जिल्ला अधिबेशन,, अध्यक्षमा धामी सर्वसम्मत चयन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
पर्यटन क्षेत्रको विकासका लागि दार्चुलामा नेपाल पर्यटन पत्रकार महासंघको प्रथम जिल्ला अधिबेशन गरिएको छ । “विकासका लागि पर्यटन सञ्चार अभियान” भन्ने नारा सहित दार्चुलामा पहिलो पटक नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला अधिबेशन गरिएको हो ।
जिल्ला जिल्लामा पर्यटन पत्रकार महासंघ समिति गठन गरि पूर्णता दिन आज पहिलो जिल्ला अधिबेशन गरिएको हो । विकास र समृद्धिको मुख्य आधार नै पर्यटन भएकाले नेपाल पर्यटन पत्रकार महासंघको प्रथम जिल्ला अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै जिल्ला कार्य समितिलाई पूर्णता दिइएको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा लिएकाले पर्यटन क्षेत्रको विकास र पर्बद्धनका लागि पत्रकारहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकाले देशभरी अहिले पर्यटन पत्रकार महासंघ जिल्ला कार्य समिति गठन गर्न लागिएको नेपाल पर्यटन पत्रकार महासंघ शाखा दार्चुलाका निवर्तमान अध्यक्ष नरेन्द्र कार्कीले बताउनु भयो ।  यस्तै सय गन्तब्य पर्यटन क्षेत्र अन्तरगत दार्चुलाको मालिकार्जुन मन्दिर र अपिनम्पा संरक्षण क्षेत्र पनि परेका छन् ।
यस्तै पत्रकारिताको माध्यमबाट समेत पर्यटन क्षेत्रहरुको विकास र पर्बद्धन गर्ने उद्देश्यले पहिलो जिल्ला अधिबेशन भएको पर्यटन पत्रकार महासंघ प्रदेश महासचिव कृष्णसिँह धामीले बताउनु भयो । मंसिर महिना भित्र जिल्लाहरुमा समिति गठन गरिसक्ने र पुष १५ गते प्रदेश स्तरीय कार्यक्रममा जिल्ला जिल्लाबाट झाँकी सहितको सभागिता जनाउनु पर्ने कार्यक्रम रहेकाले पर्यटन पत्रकार जिल्ला अधिबेशनलाई तीब्रता दिइएको हो ।
प्रथम जिल्ला अधिबेशनले नयाँ जिल्ला कार्य समिति सर्व–सम्मत चयन गर्दे सम्पन्न भएको छ । जिल्ला कार्य समिति दार्चुलाको अध्यक्षमा रामसिँह धामी सर्व–सम्मत् चयन गरिएको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा लोकेन्द्र जोशी, उपाध्यक्षमा मञ्जु कल्याल, सचिवमा सन्तोष कोट्टारी सर्व–सम्मत् चयन भएका छन् । यस्तै कोषाध्यक्षमा बिरादत्त भट्ट, सह–सचिवमा प्रकाशचन्द भट्ट लगायत ११ सदस्यीय कार्य समिति चयन गरिएको हो । त्यस्तै सदस्यमा लक्ष्मण धामी, ज्योती बुढा, मुकेश पाल, लक्ष्मी भाँट र रमेश खत्री सदस्य रहेका छन् ।
पत्रकारिताबाट पर्यटन क्षेत्रको पहिचान तथा विकासका लागि दार्चुला जिल्लामा पहिलो पटक गत वर्षको भाद्र ३० गते तदर्थ समिति गठन गरिएको थियो । प्रथम जिल्ला अधिबेशनले कार्य समिति चयन गरेसंगै पर्यटन पत्रकार महासंघ जिल्ला कार्य समिति दार्चुलाले पूर्णता पाएको छ ।हालसम्म देशभरीमा ६६÷६७ जिल्लामा समिति गठन भइसकेको छ ।
नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला कार्य समिति तदर्थ समितिका अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षता तथा पर्यटन पत्रकार महासंघ प्रदेश महासचिव कृष्णसिँह धामीको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिबेशन गरिएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला क्रियाशील विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली