मार्मा गाउँपालिकामा शृखंलाबद्ध तोडफोडका घट्ना हुदै,, तोडफोड गिरोहको तारगेट सार्वजनिक संस्था ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको मार्मा गाउँपालिकामा तोडफोडका घट्ना शृंखलाबद्ध रुपमा भइरहेका छन् । मार्मा गाउँपालिकाका विभिन्न सार्वजनिक तथा निजी संस्थाहरुमा तोडफोडका घट्ना भइरहेका छन् ।
त्यसैगरी मार्मा गाउँपालिकाको ६ नम्बर वडा कार्यालय तथा शिवलिंग मावि निम्ठामा तोडफोड भएको छ । मंसिर ९ गते राति वडा कार्यालय र सोही वडामा रहेको शिवलिंग मावि निम्ठामा तोडफोड भएको प्रहरीले जनाएको छ ।
६ नम्बर वडा कार्यालयको २ ओटा ढोका, ३ ओटा दराज र टेबुलका घर्राहरुमा तोडफोड गरेको वडा नम्बर ६ का वडा सचिव मानसिँह कोट्टारीले जानकारी दिनुभयो । कात्र्तिक ९ गते विहान कार्यालय खोल्दा यस्तो घट्ना भएको देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले उक्त घट्नाको मुचुल्का बनाएको वडा सचिव कोट्टारीले बताउनु भएको छ । सार्वजनिक संस्थाहरु सबैको साझा सम्पत्ती भएकाले यसरी तोडफोड गर्नु उचित नहुने उहाँको तर्क छ । कार्यालयमा रहेका विभिन्न भौतिक सामग्रीहरुमा तोडफोड गरेपनि वडा कार्यालयमा भएको आम्दानी बजेट तथा अन्य कागज पत्रहरुमा कुनै क्षेति नगरेको वडा सचिव कोट्टारीले बताउनु भयो ।
त्यस्तै मार्मा गाउँपालिका वडा नम्बर ६ मै रहेको वडा कार्यालय नजिकैको शिवलिंग विद्यालयमा पनि तोडफोड गरेका छन् । विद्यालयको कार्यालयको ढोका र पुस्तकालयको ढोका तोडेको शिवलिंग विद्यालयका शिक्षक विरेन्द्रसिँह कोट्टारीले बताउनु भयो । साथै तोडफोड गर्ने गिरोहले विद्यालयमा मानव तस्बीर बनाएर गुण चिन्हले काटेको र तल खोजी नगर भन्ने वाक्यांश लेखेको शिक्षक विरेन्द्र कोट्टारीले बताउनु भयो ।
मार्मा गाउँपालिकाको तपोवनमा रहेको सामुदायिक विद्यालयमा तोडफोड भएको थियो भने त्यस पश्चात् विभिन्न सामुदायिक विद्यालय तथा निजी पसल तथा घरमा समेत तोडफोडका घट्ना भएका छन् ।
अज्ञात् समूहले वडा नम्बर ६ मा गरेको घट्ना हेर्दा सार्वजनिक संस्थाहरुलाई निशाना बनाई तोडफोड गर्ने गरेको देखिन्छ । मार्मा गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय र शिवलिंग मावि निम्ठाको बीचमा २ ओटा पसलहरु छन् तर पसलमा तोडफोड केही नगरेको र वडा कार्यालय तथा विद्यालयमा मात्रै तोडफोड गरेको हेर्दा गिरोहले सरकारी कार्यालयहरुलाई निशाना बनाउदै तोडफोड गरिरहेको अनुमान गरिएको छ । यस्तै मार्मा गाउँपालिकामा यसअघि भएका घट्नाहरुको प्रकति हेर्दा पनि विद्यालयहरु नै बढी तार्गेट बनाएको देखिन्छ ।
गाउँपालिकामा तोडफोडका घट्ना बढ्न थालेपछि मार्मा गाउँपालिकाको कार्यालय र विषयगत शाखा कार्यालयहरुको सुरक्षाका लागि ६ जना कार्यालय सहयोगी तैनाथ गरिएको छ । गाउँपालिकामा तोडफोडका घट्नाहरु चरणबद्ध रुपमा भइरहेकाले गाउँपालिकाको कार्यालयको सुरक्षामा कार्यालय सहयोगी तैनाथ गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि गाउँपालिकाले आबश्यक सहयोग गरीदिन अनुरोध गरेको थियो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली