भारतको मनपरी चल्ने क्षेत्रमै नेपाली झण्डा फहराउदै,, व्यापारी भन्छन् “नेपाली हौँ झण्डा छोडिदैन !”

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको त्रीदेशीय सीमा क्षेत्रमा मानवीय वस्ती तथा राज्यको उपस्थिति नहुदाँ सीमा क्षेत्रमा विभिन्न अपराधिक गतिविधिहरु हुने गरेका छन् । जिल्लाको उत्तर पश्चिम त्रीदेशी सीमा क्षेत्रमा यस्ता घट्नामा संलग्नहरुलाई राज्यको उपस्थिति नहुदाँ झन् सजिलो हुने गरेको छ ।
सामरिक महत्व बोकेको त्रीदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति हुनुपर्ने विभिन्न तह र तप्काबाट आवाजहरु आएपनि, संसद भवनमा यसबारे कुरा उठेपनि अहिलेसम्म त्रीदेशीय क्षेत्रमा बाह्रैमास उपस्थिति रहने व्यवस्था हुन सकेको छैन । व्याँस गाउँपालिकाको वडा नम्बर १ को व्याँस क्षेत्र लगायतका विभिन्न सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुदाँ अपराधिक गतिविधिहरु तथा वन्यजन्तु चोरी शिकारी पनि हुने गरेको स्थानीयहरुको भनाई छ ।
यस्तै व्याँस गाउँपालिका वडा नम्बर १ तथा २ को विभिन्न भारतसंग जोडिएका सीमा क्षेत्रमा समेत मानवीय बस्ती नहुदाँको भारतको मनपरी मौलाएको स्थानीयहरुको भनाई छ । गत वर्षदेखि भारतले व्याँस गाउँपालिका वडा नम्बर २ का विभिन्न क्षेत्रमा सीमा नदी महाकाली माथि आफूलाई फाईदा हुने स्थानहरुमा काठेपुल निर्माण गरी नेपाली भूमिका बाटो निर्माण गरि आवत आवत् गर्ने गरेको छ ।
यसरी भारतीय मनपरी चल्ने स्थानमा पनि नेपाली व्यापारीहरुले झण्डा फहराएर नेपालको चिनारी दर्शाइरहेका छन् । व्याँस गाउँपालिका वडा नम्बर २ स्थित भारतले काठेपुल निर्माण गरेको क्षेत्र तम्पाकु र नज्यांगको बीचमा पर्ने नदी बगरमा व्यापार गर्दै आएका महिमन भण्डारीले नेपाली झण्डा फहराएका छन् । व्याँस २ का महिमन भण्डारीले सीमा क्षेत्रमा त्रीपाल मुनि होटेल स–संगै राष्ट्रियता जोगाउन महत्वपूर्ण काम गरेको त्यो क्षेत्रमा भ्रमण गर्नेहरुले प्रतिक्रिया दिने गरेका छ् ।
तम्पाकु र नज्यांगको उक्त क्षेत्रमा भारतले आफ्नै लगानीमा गत वर्ष र यो वर्ष बाटो निर्माण गरेको थियो, जुन नेपाली भूमि हो । तम्पाकुदेखि नज्यांगसम्म झण्डै ३ किलोमिटर घोरेटो बाटो लोक निर्माण विभाग खण्ड अस्कोट पीथौरागढको लगानीमा निर्माण भइरहेको भारतीय ठेकेदार साजन विष्टले बताउनु भयो । भारती लगानीबाट नेपाली भूमिमा नेपालीहरु नै प्रयोग गरी भारतले बाटो निर्माण गरिरहेको छ । गत वर्ष पनि झण्डै डेढ किलोमिटर लामो दुरीको जेसिबी जाने बाटो अर्थात् सडक निर्माण गरेको स्थानीय व्यापारीहरुले बताएका छन् । गत वर्ष भारतले जेसिबी सहितका विभिन्न मेसिनहरु ढुवानी गर्दा नेपाली भूमि प्रयोग गरेका प्रमाणहरु अझै पनि जीवितै रहेको छन् । हिउँदमा महाकाली नदीमा पानीको सतह कम हुने भएकाले भारतबाट जेसिबी अर्थात् ह्याभी इक्युपमेन्टहरु नदीमाथि तराएर नेपाली भूमि प्रयोग गरी ढुवानी गर्ने बेला सडक बनाएको केही खण्डहरु अझै पनि देख्न सकिने अवस्था छ । 
यसरी सीमा क्षेत्रमा काम गर्दा समेत दुबै राष्ट्रको सहमति हुनुपर्ने प्रावधान भएपनि भारतले नेपाली भूमिमै मनपरी हुदाँ नेपाली प्रशासन निरीह बनेको ती व्यापारीहरुको गुनासो छ । भारतले नेपाली भूमिमै बाटो निर्माण गर्नु, सीमा क्षेत्रमा सडक निर्माण गर्दा जिलेटिन पड्काउनु भारतीय दादागिरी मौलाएको नाम नबताउने व्याँस १ छाङरुका स्थानीयले आक्रोश व्यक्त गर्नु भयो ।
राज्यले सीमा क्षेत्रमा खासै चाँसो नदेखाएपनि स्थानीयहरु भने राष्ट्रियता बचाउन र नेपालीहरुको चिनारीले राष्ट्रप्रतिको माया देखाइरहेका छन् । सोही क्षेत्रमा भारतले आफूखुशी नेपाली बाटो प्रयोग गर्ने तथा नेपाली भूमिमा बाटो निर्माण गर्ने गरेपनि निर्भिक भएर स्थानीय व्यापारी महिमन भण्डारीले आफ्नो त्रीपालमाथि चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराइरहेका छन् । सीमा क्षेत्रमा त्रीपाल मुनि होटेल सञ्चालन गर्दै आएको दुम्लिङका व्यापारी भण्डारीले नेपाली झण्डा कहिलै नत्याग्ने बताउनु भएको छ । “नेपालीको छोरो हुँ, नेपाली झण्डा छोडिदैन” उहाँले भन्नु भयो “राष्ट्रियता बचाउन एक कदम पनि पछि हटिदैन ।”
चीनसंगको सीमा क्षेत्रसम्म यातायात सेवा विस्ताका लागि भारतले घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माण गरिरहेको छ । भारतले उक्त सडकलाई मुख्य प्राथमिकता दिएको छ, जहाँ विभिन्न स्थानमा विदेशी मेसिनहरुबाट सडक निर्माण गरिदै छ । ट्र्याक नखोलेका स्थानहरुमा जेसिबी लगायतका ह्याबी इक्युपमेन्टहरु ढुवानी गर्न भारतले नेपाली भूमि प्रयोग गरिरहेको छ ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को