छैटौँ स्थानीय तहको रुपमा दुहूँमा इन्भेष्टमेन्ट बैँक उद्घाटन,, जिल्लाका ३ स्थानीय तहमा बैंक स्थापन गर्न अझै बाँकी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जिल्लाको छैटौँ स्थानीय तहको रुपमा दुहूँ गाउँपालिकामा पनि आज इन्भेष्टमेन्ट बैंक उद्घाटन गरिएको छ । स्थानीय सरकार गठन भएसंगै प्रत्येक स्थानीय तहमा बैंक स्थापना गर्ने कार्य अन्तरगत दुहूँ गाउँपालिकामा आजबाट इन्भेष्टमेन्ट बैंक उद्घाटन गरी बैंकीङ सेवा सञ्चालन गरिएको हो ।
दुहु गाउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखाका प्रवन्धक राजेन्द्रबहादुर सिहले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
दुहुँ गाउपालिकामा  ७८ औँ शाखाको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक स्थापना गरिएको  नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखाका प्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उद्घाटन गरेसंगै आज बाटै बैंकीङ खाता खोल्ने लगायत कारोबार संचालन सुरु भएको नेपाल इन्भेष्टमेन्ट बंैक शाखा दुहुका प्रबन्धक विरेन्द्र कार्कीले बताउनु भयो ।
दुहु गाउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले भने अथक प्रयास पछि बैंक स्थापना गर्न सफल भएको बताउनु भएको छ । ढिलै भएपनी बैंक स्थापना गर्न सफल भएपछि दुहु बासीले बंैकीङ कारोवारका लागि दार्चुला सदमुकाम दर्गुर्नूपर्ने बाध्यताको अन्त्य भएको दुहु गाउपालिका अध्यक्ष कार्कीको भनाई छ । बैंकमा खाता खोली बचत गर्ने बानी बसाल्नु पर्ने उनको भनाई छ ।
दुहु गाउपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक स्थापना भएसंगै दार्चुलामा जिल्लामा रहेका ९ ओटा स्थानिय तहहरुमध्ये ६ ओटा स्थानिय तहमा बैंक स्थापना गरिएको छ । जिल्लाका अझै ३ स्थानिय तहहरुमा बैंक स्थापना गन सकिएको छैन ।
महाकाली नगरपालिका राष्ट्रिय बाणिज्य, जनता बैक, सनराइज बैंक, मेघा बैंक, एनआइसी एसिया बैंक, नेपाल बंगलादेश बैंक लगायतका आधा दर्जन बढी बैंकहरु सञ्चालनमा छन् । यस्तै शैल्यशिखर नगरपालिकामा पनि जनता बैंक, लक्ष्मी विकास बैंक लगायतका थुप्रै बैंकहरु सञ्चालनमा छन् ।
जिल्लाका २ नगरपालिकामा स्थानीय सरकार गठन हुनुपूर्व नै बैंक सञ्चालनमा रहेका यी स्थानीय तहमा बैंकीङ कारोबार गर्न सहज भएको छ । यस्तै जिल्ला अन्य गाउँपालिकामा भने स्थानीय सरकार गठन गर्दा सम्म बैंकहरु स्थापना गर्न सकिएको थिएन । स्थानीय सरकार गठन पश्चात् बैंक स्थापना गर्ने गाउँपालिका मध्ये मार्मा गाउँपालिका पहिलो बेनेको थियो । मार्मा गाउँपालिकामा सनराईज बैंक उद्घाटन गरिएको थियो । यस्तै मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिकामा पनि यसअघि नै बैंक उद्घाटन गरिएको हो ।
यसरी जिल्लाका विभिन्न स्थानमा बैंकहरु स्थापन गरिएपनि जिल्लाका विभिन्न ३ स्थानीय तहमा अझै बैंक स्थापना गर्न सकिएको छैन । जिल्लाको व्याँस गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा बैंक स्थापना गर्न नसकिएको हो । यी स्थानीय तहमा सुरक्षा, नेटवर्किङ सुविधा लगायतका विभिन्न कारण अझै बैंक स्थापना गर्न नसकिएको हो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य