एघार केभी प्रशारण लाईन विस्तारमा ठेकेदारको चरम लापरबाही,, लाईन तान्दा पोलहरु ढल्दै, स्थानीयहरुद्धारा काम बन्द गर्ने चेतावनी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
पछिल्लो सयम जिल्लाका विभिन्न स्थानीय तहमा विद्युतीकरण गर्ने भन्दै विद्युतीय पोलहरु तथा लाईन विस्तार गर्ने काम भइरहेको छ । जिल्लामा विद्युतीकरणका लागि विद्युतीय पोलहरु गाड्ने तथा लाईन तान्ने काम समेत भइरहेको छ ।
यसरी विद्युतीकरणका लागि राष्ट्रिय प्रशारण लाईन तान्नका लागि टेन्डर भई विभिन्न स्थानीय तहमा ठेकेदारहरुले काम समेत गरिरहेका छन् । यस्तै दुहूँ गाउँपालिकामा पनि विद्युतीकरणको काम भइरहेको छ । तर विद्युतीकरणका लागि पोल गाड्ने र लाईन तान्ने काममा ठेकेदारले चरम लापरबाही गरेको पाइएको छ ।
दुहूँ गाउँपालिकाका ५ ओटै वडाहरुमा विद्युत लाईन विस्तार कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । गाउँपालिकाभरी विद्युत लाईन विस्तार गर्ने योजना रहेपनि ठेकेदारले गुणस्तरहीन काम गरेको गाउँपालिका अध्यक्ष कार्कीको दाबी छ । 
अमृत कन्स्ट्रक्सन प्रालिले दुहूँ गाउँपालिकाका विभिन्न वडामा विद्युतीय पोल तथा प्रशारण लाईन तान्ने कामको जिम्मा पाएको छ । दुहूँ गाउँपालिकाको तिमुरपाटासम्म यसअघि नै एघार केभी प्रशारण लाईन तानिएकाले तिमुरपाटा देखि दुहूँ गाउँपालिकाको पीपलचौरीसम्मको १ करोडको ठेक्का रहेको अधयक्ष कार्कीले बताउनु भयो । नेपाल विद्युत प्राविधिकरण क्षेत्रिय कार्यालय अत्तरियाद्धारा टेन्डर प्रक्रियाबाट दार्चुलामा विद्युत लाईन तान्ने तथा पोलहरु गाड्ने काम भइरहेको छ ।
तर ठेकेदारको चरम लापरबाहीका करण जनताले बत्ती बाल्न पाउने अवस्था भने देखिदैन । किनकी दुहूँ गाउँपालिकामा पोलहरु गाड्दा डेढ÷दुई फीट मात्रै गहिराईमा गाडेको तर इस्टीमेटमा भने ४ फीटसम्मको गहिरो खाडल बनाई पोल गाड्नुपर्ने भनिएको छ । तर दुहूँ गाउँपालिकामा भने पोलहरु इस्टिमेट विपरित काम गर्दा कतिपय पोलहरु ढलिसकेका छन् भने कतिपय पोलहरु ढल्ने अवस्थामा रहेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । 
दुहूँ गाउँपालिकाका ५ ओटै वडामा विद्युत लाईन विस्तार गर्ने काम भइरहेको छ । हाललाई भारतबाट आयात गरिएको विद्युत लाईन विस्तार गर्ने र थालीगाढ सबस्टेशन निर्माण भइसके पछि नेपालकै राष्ट्रिय प्रशारण लाईन जोड्ने गरी विद्युतीकरणको काम भइरहेको अध्यक्ष कार्कीले बताउनु भयो ।
यस्तै ठेकेदारले चरम लापरबाही गर्न थालेपछि दुहूँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेवमा भने काम अबरुद्ध पार्ने चेतावनी स्थानीयले दिएका छन् । सबैतिरका पोलहरु ढल्न थालेको र ब्रह्मदेवमा गाडिएका कतिपय पोलहरु ढलेकाले ठेकेदारको लापरबाही भन्दै काम ठप्पा पार्ने योजना बनाइएको नेकपा नेता देवबहादुरले बताउनु भयो ।
दुहूँ ३ ब्रह्मदेवमा करिब ४० पोलजति गाडिएको भएपनि ती मध्यकतिपय पोलहरु ढलिसकेकाले अरु पोलहरु पनि यसरी नै ढल्ने अवस्थामा रहेकाले ठेकेदारलाई दबाब दिन काम ठप्पा पारिदिने योजनामा रहेको नेकपा नेता देवबहादुर बमले बताउनु भयो ।
यस्तै अमृत कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि लोकबहादुर अग्रीका अनुसार भने भौगोलिक बनावटका बारेमा आफूहरुलाई थाहा नहुने भएकाले पोलहरु कमजोर भुगोलका कारण ढलेका हुन् । दुहूँ गाउँपालिकाका विभिन्न स्थानमा पोलहरु ढलेको स्वीकार गर्दै अमृत कन्स्ट्रक्सन प्रालीका प्रतिनिधि लोकबहादुर अग्रीले ढलेका पोलहरु पुन निर्माण गरिने बताउनु भयो । प्रतिनिधि अग्रीले सबै पोलहरु निकाले पुनः गाड्न नसकिने तर जीर्ण र ढलेका पोलहरु भने पुनः निर्माण गरिने बताउनु भयो । तर नेकपा नेता देवबहादुर बमले लगायत स्थानीयहरुले भने सबै पोलहरु निकाले पुनः स्टीमेटकै आधारमा गाड्न माग गरेका छन् । स्टीमेटका आधारमा पोल गाड्न नमाने काम ठप्प पार्ने चेतावनी स्थानीयहरुले दिएका छन् ।
दुहूँ गाउँपालिका वडा नम्बर १ मा पनि पोलहरु ढलेको वडा नम्बर १ का वडाध्यक्ष जयबहादुर बमले बताउनु भयो । दुहूँ १ पीपलचौरी क्षेत्रमा पनि राष्ट्रिय प्रशासन लाइन जोड्ने का प्रति जनप्रतिनिधिहरु नै सन्तुष्ट देखिएका छैनन् । वडाध्यक्ष जयबहादुर बमका अनुसार ३ महिना देखि पोलहरु गाड्ने र लाईन तान्ने काम भइरहेपनि कतिपय पोलहरु ढलेको र तारहरु बाटोमै बिछाएका छन् । कतिपय तारहरु काटिएका र विद्युत लाइन विस्तार गर्ने काम लथालिंग भएको वडाध्यक्ष बमको भनाई छ । 
वडा नम्बर १ मा दशैतिहारमै बत्ती बाल्ने आश्वासन दिइएपनि हालसम्म बत्ती बाल्न नपाएको स्थानीयहरुको गुनासो छ । भारतबाट आयात गरिएको विद्युत लाईन विस्तार गरेर भएपनि दुहूँ महोत्सव अघि नै विजुली बाल्नेगरी काम गर्ने ठेकेदारले भनेपनि हालसम्म नआएको वडाध्यक्ष बमले बताउनु भयो । यसअघि जिल्ला प्रशासन कार्यालय तथा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलामा पनि ज्ञापन पत्र बुझाएको वडाध्यक्ष बमको भनाई छ । तर कतैबाट सुनुवाई नभएको जनप्रतिनिधिकै गुनासो छ ।
पीपलचौरीमा पनि कतिपय पोलहरु ढलेकाले ठेकेदारको काम प्रति सहजै स्थानीयहरुले समेत प्रश्न गर्न थालेका छन् । निर्माण कार्य गर्दा प्रभावकारी अनुगमन नहुदाँ ठेकेदारको लापरबाही मौलाउने गरेको कतिपयको भनाई छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन