सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार क्षेत्रीय रंगशालामा भएको क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई २–० ले हराउँदै सशस्त्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सशस्त्रको जितमा दुवै गोल बिष्टले गरे । उनले खेलको २३औं मिनेटमा हेडमार्फत् एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ८५औं मिनेटमा उनले नै अर्को एक गोल थपे । बिष्ट नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । पहिलो हाफमा सशस्त्र संकटामाथि पूर्णरुपमा हावी भएको थियो । दोस्रो हाफमा आक्रामक बनेको संकटाले केही अवसर पाएपनि गोल गर्न चुक्यो । खेलपछि संकटाका प्रशिक्षक सल्यान खड्कीले पहिलो हाफमै गोल खाएका कारण आफ्नो टिम दबाबमा परेर खेलमा राम्रो गर्न नसकेको प्रतिक्रिया दिए । पहिलो खेलमा आफ्नो टिमले राम्रो गर्न नसके पनि क्वार्टरफाइनलमा सुधार भएको सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले बताए । प्रतियोगिताअन्तर्गत् बिहीवार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका मिडिया संयोजक ओमबिक्रम चन्दले जनाकारी दिए ।

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको