नेपालले बनायो महाकाली माथि ८५ हजारको काठेपुल,, स्वीकृति पाएको मालमा अझै पुल निर्माण गर्न सकिएन ।।

नयाँ नेपाल समाचर, दार्चुला ।
नेपाल–भारत सीमा नदी महाकाली नदीमाथि नेपालले पनि काठेपुल निर्माण गरेको छ । व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङमा नेपाल भारत जोड्ने अस्थायी काठेपुल निर्माण गरिएको छ । व्याँस गाउँपालिका २ नम्बर वडा कार्यालयको ५० हजार सहयोग र स्थानीयहरुको ३५ हजार गरी ८५ हजारमा काठेपुल निर्माण गरिएको वडाध्यक्ष धिरनसिँह बुढाथोकीले बताउनु भयो ।
नेपाल तथा भारतका केन्द्र सरकारले भारतीय पक्षलाई पायक पर्ने २ स्थान र नेपाली पक्षलाई पायक पर्ने २ स्थानमा अस्थायी काठेपुल निर्माण गर्न यसअघि नै स्वीकृति दिएको थियो । दुबै देशका केन्द्र सरकारबाट स्वीकृति पाएपछि भारतले भने कात्र्तिक महिनाको तेस्रो हप्तातिर महाकाली नदीमाथि पुल निर्माण गरिसकेको थियो । भारतले स्वीकृति पाएको स्थान तम्पाकु र थीइकोभीरमा गरी दुई ओटा र सो क्षेत्र भन्दा माथि थप ३ ओटा पुल निर्माण गरेको नेपाली प्रशासनले जनाएको छ । स्वीकृत विना नै पुल निर्माण गरेपछि नेपाली सुरक्षाकर्मीहरुले ती अस्थायी काठेपुल भत्काईदिएका थिए । 
केन्द्र सरकारको स्वीकृत पाएपछि भारतले महाकाली नदीमाथि पुल निर्माण गरेको झण्डै आधा महिना पश्चात् मात्रै नेपाली पक्षले महाकाली नदीमाथि दुम्लिङमा आईतबार मात्रै काठेपुल निर्माण गरिएको छ । भारतले स्वीकृति पाएको स्थान भन्दा थप ३ स्थानमा काठेपुल निर्माण गरेर तम्पाकु र थीइकोभीरको बीचमा पर्ने नेपाली भूमि समेत भारतले प्रयोग गरिरहेको छ । जहाँ भारतीय लगानीमा नेपाली भूमिमा बाटो समेत निर्माण भइरहेको थियो । भारतले सीमा क्षेत्रमा निर्माण गरिरहेको सडक निर्माणको प्रयोजनका लागि भारतले महाकाली माथि पुल निर्माण गरि नेपाली भूमि प्रयोग गरिरहेको छ ।
यस्तै नेपाली पक्षलाई पाइक पर्ने २ स्थानमध्ये एउटा स्थान अर्थात् दुम्लिङमा आईतबार मात्रै पुल निर्माण गरिएको छ भने मालमा भने अझै पुल निर्माण गर्न सकिएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई आवत् जावत्मा सहज बनाउन दुम्लिङ र मालमा पुल निर्माणका लागि स्थानीयहरुले यसअघि माग गरेका थिए । गत वर्ष पनि गाउँपालिकाको सहयोगमा ५० हजार लगानीमा दुम्ङिमा काठेपुल निर्माण गरिएको थियो । तर वर्षात्को समयमा महाकाली नदीमा पानीको सहत बढेपछि पुल बगाइदिएको थियो । यो वर्षको पुलभने गत वर्षको भन्दा केही उचाईमा पुल निर्माण गरिएकाले वर्षात्को समयमा समेत आवत् आवत् गर्न सकिने खालको पुन निर्माण गरिएको वडाध्यक्ष बुढाथोकीको भनाई छ ।
यस्तै स्वीकृति पाएपनि मालमा भने अझै पुल राख्न सकिएको छैन । व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीका अनुसार राप्लाको मालमा भने पुल राख्न अप्ठेरो भौगोलिक बनावटका कारण पुल राख्न नसकिएको हो । सो क्षेत्रमा टर्ली अर्थात् तुईन राख्ने तयारी भइरहेको वडाध्यक्ष धिरनसिँह बुढाथोकीले बताउनु भयो । महाकाली नदीमाथि आधा दर्जन तुईनहरु सञ्चालनमा रहेका छन् तर पछिल्लो समय भारतीय पक्षले तुइन काटिदिने गरेको व्याँस क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य