शिक्षक सेवा आयोग आन्तरिक परीक्षामा उत्तीर्ण शिक्षकको हृदयघातका कारण निधन ।।

नयाँ नेपाल समाचार, दार्चुला 
शिक्षक सेवा आयोगको आन्तरिक परीक्षाको मावि तहमा सफल शिक्षकको हृदयघात भएर मृत्यु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ७ स्थित मालिकार्जुन नमुना मावि धापमा कार्यरत शिक्षक हरिस रैखोलाको हृदयघात भएर मृत्यु भएको छ ।
हालै सार्वजनिक भएको शिक्षक आयोगको आन्तरिक परीक्षामा उत्तीर्ण शिक्षक रैखोलाको सुतेकै कोठामा निधन भएको शिक्षक किष्णसिँह सामन्तले बताउनु भयो । २०५९ सालदेखि मालिकार्जुन नमुना मावि धापमा कार्यरत शिक्षक रैखोलाको हृदयघातबाट भएको निधनले सिंगो विद्यालय परिवार नै भाव विह्वल भएको छ । केही दिन अघि सार्वजनिक भएको शिक्षक सेवा आयोगको आन्तरिक परीक्षाको मावि तहको सामाजिक विषयमा उत्तीर्ण शिक्षक रैखोलाको अन्त्योष्टि आज गरिएको शिक्षक सामन्तले बताउनु भयो । मृतक रैखोलाकी श्रीमती ३ जना छोराछोरी रहेका छन् ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली