प्रदेश कमिटीमा एमालेलाई ५३, माओवादीलाई ४६ प्रतिशत मधेसमा बराबरी, कर्णालीमा माओवादीलाई बढी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
पूर्वनेकपा एमाले र पूर्वमाओवादीवीच करिब ५३र४६ प्रतिशतको भागवण्डा मिल्ने गरी नेकपाले सातवटै प्रदेश कमिटीहरुको टुंगो लगाएको छ । करिब ०।२१ प्रतिशत सदस्य अन्य दलबाट लिइएका छन् । मंसिर १२ मा बसेको नेकपा सचिवालय बैठकले साविक एमाले र माओवादी केन्द्रबीच भागबन्डा गरेर आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो । सातवटा प्रदेशमा कुल १३९० जना नेताहरुले प्रदेश कमिटीको जिम्मेवारी पाएका छन् । यीमध्ये ७३९ जना पूर्वएमालेबाट परेका छन् भने ६४८ जना पूर्वमाओवादीबाट प्रदेश कमिटीमा परेका छन् ।

पार्टी एकता घोषणा भएको करिब १५ महिनापछि नेकपाले प्रदेश कमिटीहरुको टुंगो लगाएको हो । यसवीचमा पूर्वमाओवादीले ५०र५० प्रतिशतको भागवण्डा हुनुपर्ने माग गर्दै आएको थियो भने पूर्वएमालेका नेताहरु ६०र४० को पक्षमा थिए । अन्ततः प्रदेश कमिटीको टुंगो लगाउँदा सातै प्रदेशको कुल संख्यामध्ये पूर्वएमालेको भागमा करिब ५३ प्रतिशत परेको छ भने पूर्वमाओवादीबाट ४६ प्रतिशतको हाराहारी सदस्य छानिएका छन् । प्रदेश नम्बर २ मा भने पूर्वएमाले र पूर्वमाओवादीबाट ५०र५० प्रतिशत सदस्यको भागवण्डा मिलेको छ । प्रदेश २ मा तीन जनालाई अन्य पार्टीबाट ल्याइएको छ । सप्तरीका मोहमद स्लाम र भरत महतो प्रदेश नम्बर २ मा सदस्य चयन भएका छन् । नेकपामा प्रवेश गर्नुअघि स्लाम देशभक्त पार्टी र महतो राष्ट्रिय जनता दल ९पिछडा वर्ग० का अध्यक्ष थिए । पूर्वमाओवादीको बाहुल्य रहेको कर्णाली प्रदेशमा भने पूर्वएमाले भन्दा पूर्वमाओवादीबाट एकजना बढी सदस्य प्रदेश कमिटीमा परेका छन् । यो प्रदेशबाट एमालेका ८७ र माओवादीका ८८ जना सदस्यहरु छनोटमा परेका छन् । नेतृत्वको हिसाबले हेर्दा पूर्वमाओवादीबाट प्रदेश कमिटीमा पर्नेहरुमा बढीजसो पूर्व केन्द्रीय सदस्यहरु छन् । एमालेले भने अञ्चल कमिटीमा रहेकाहरुलाई बढ्ता समेटेको छ । विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका नेता, कार्यकर्ताले पनि प्रदेश कमिटीमा अवसर पाएका छन् । १३९० सदस्य रहेको सातवटा प्रदेश कमिटीमा ‘प्रतिष्ठित’ व्यक्तिदेखि साना पार्टीका केन्द्रीय अध्यक्षसम्म अटेका छन् । नेकपा माले, नयाँ शक्ति पार्टी, फोरम लोकतान्त्रिक, राप्रपा, राजपा, संघीय समाजवादी फोरमका केन्दीय सदस्यहरू पनि नेकपा प्रदेश कमिटी सदस्य बनेका छन् ।

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री