खलंगादेखि लटीनाथको भन्दा महेन्द्रनगरको भाडाँ सस्तो,, झण्डै तेब्बर भाडा असुल्दै जीप व्यवसायी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जीपहरुको पछाडीको अबैधानिक सीट हटाएपछि दार्चुलाको यातायातमा ठुलो तरंगा पैदा भएको छ । नेपाल सरकारको निर्देशनमा ट्राफिक प्रहरीले दार्चुला जिल्लाका जीपहरुको पछाडीको अबैधानिक सीटहरु हटाएपछि जीप व्यवसायीहरुको मनपरी चल्न थालेको छ ।
जीपहरुको पछाडीका अबैध सीटहरु हटाएपछि दार्चुलामा जीपहरुले निर्धारित भाँडामा चल्न मानिरहेका छैनन् । जीपहरु नियमित निर्धारित भाँडामा चल्न नमानेपछि नागरिकहरुले बुकिङ गरेर जानु परेको छ । यस्तै कतिपय गाडीहरुमा भने निर्धारित भाँडा जस्तै गरी नागरिकहरुबाट झण्डै तेब्बर भाँडा असुल्ने गरेको नागरिकहरुको आरोप छ ।
दार्चुला खलंगादेखि महेन्द्रनगरको निर्धारित भाडाँ एक हजार पचाँस रहेको भने जिल्लाभित्रै झण्डै सय किलोमिटरको दुरीमा जीपहरुमा साडे १२ सय नागरिकहरुले तिरीरहेका छन् । लटीनाथबाट खलंगा आउदाँसम्म साढे १२ सय तिरेको मार्मा गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखा संयोजक चक्रसिँह धामीले बताउनु भयो । जीप चालकले बुकिङ केही नभनेर १२ सय ५० रुपैयाँ भाडा भन्दै झण्डै तेब्बर भाँडा असुलेको स्वास्थ्य संयोजक धामीले बताउनु भयो । यस्तै मार्मा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुस्कर विष्टले पनि यसअघि खलंगा आउदाँ साडे १२ सय तिरेका थिए । यसरी जनप्रतिनिधि तथा कर्मचारीहरुबाट समेत साढे १२ सय भाँडा असुल्ने जीप व्यवसायीहरुलाई नागरिकहरुबाट तेब्बर भाँडा असुल्न कुनै अप्ठेरो नभएको सर्वसाधारणहरुको तर्क छ ।
तर जीप व्यवसायी मोहनदेव पन्तका अनुसार भाँडा नभई जीपहरु बुकिङमा मात्रै चल्ने गरेकाले अनुपातमा सो रकम जीप व्यवसायीहरुले असुल गरेको हुन सक्ने बताउनु भयो । जीपहरुको पछाडीका सीटहरु हटाएपछि जीपहरुमा तेलभाँडा असुल हुने गरेर बुकिङमा मात्रै चलिरहेको जीप व्यवसायी पन्तले दाबी गर्नु भयो । जीपहरुका पछाडीका सीटहरु हटाइएकाले पछाडीको सीटहरुको भाँडा र डिजेल खर्च असुल हुने गरेर बुकिङमा जीप सेवा सञ्चालन भइरहेका छन् । नागरिकहरुलाई लटीनाथको साढे १२ सय भाँडा हो भनि असुल भने नगरेको जीप व्यवसायी पन्तको तर्क छ । बुकिङ बाहेक सञ्चालन भई साढे १२ सय भाँडा हो भनि असुल गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्नुपर्ने जीप व्यवसायी पन्तले बताउनु भयो । खलंगादेखि लटीनाथसम्म ५÷६ हजार बुकिङमा जीपहरु सञ्चालन भइरहेको उहाँको भनाई छ । ‘जीपहरुमा एक रुपैयाँ पनि बढेको छैन, बढी भाँडा लिएको पाइएमा कारबाही हुनुपर्दछ’ व्यवसायी पन्तले भन्नु भयो ।
प्रशासन मौन भएको नागरिकको अरोप 
जीपहरुको पछाडीका सीटहरु हटाएको प्रशासनले जीपहरुको मनपरी चल्दा समेत प्रशासन मौन भएको नागरिकहरुले आरोप लगाएका छन् । सीट हटाएर जीपहरुमा कालाबजारी हुदाँ समेत प्रशासनले कुनै कदम नचालेको आरोप नागरिकको छ ।
जिल्ला सदरमुकाम खलंगादेखि लटीनाथसम्म साढे १२ सय भाडाँ लिने गरेको मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीका स्थानीय राजेन्द्र डडालले बताउनु भयो । लटीनाथबाट खलंगासम्म आउँदा १२ सय ५० रुपैयाँ तिरेको बताउने राजेन्द्र डडालले जीपहरुले नागरिकलाई दुःख दिन व्यवसायी तथा प्रशासनको मिलेमतो भन्दै आक्रोश व्यक्त गर्नु भएको छ । ‘जीपहरुमा अबैधानिक सीट हटाएको प्रशासनले जीपहरुको मनपरी चल्दा समेत कुनै एक्सन लिएको छैन, सीट हटाउने अनुगमन नगर्ने प्रशासनका कारण हामीहरु मारमा परेको छौँ’ स्थानीय डडालले भन्नु भयो ।
जीपहरुले पछाडीको सीटको भाँडा समेत असुल गर्नेगरी नागरिकहरुबाट भाँडा उठाइरहेका बेला पनि प्रशासन चुप बसेको भन्दै राजेन्द्र डडालले आक्रोश व्यक्र गर्नु भएको छ । यस्तै योजना उपभोक्ता समितिको खाता सञ्चालनका लागि जिल्ला सदरमुकाम खलंगा आएको मार्मा गाउँपालिका वडा नम्बर ६ शेरी कै अंगबीर डडालले पनि तेब्बर भाँडा असुल्ने गरेको भन्दै गुनासो गर्नु भएको छ । भाँडा कहिले देखि बढेको भन्दा जीपमै चढ्नै नदिने डडाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मत बहादुर बोहराका अनुसार अनुगमन भइरहेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले आइतबार मात्रै धाप दत्तुसम्म छड्के अनुगमन गरी जीपहरुलाई बढी भाँडा नलिन निर्देशन गरेको बताउनु भयो । 
महाकाली लोकमार्ग अन्तरग रहेका विभिन्न प्रहरी चेकपोष्टहरुलाई समेत यात्रु र जीप व्यवसायीलाई कति भाडा हो भनि सोध्न भनेको बताउनु भयो । अहिलेसम्म कुनै यात्रुले बढी भाँडा तिरेको भनी गुनासो, उजुरी नआएकाले कारबाही गर्न समेत प्रहरी प्रशासनलाई गाह्रो भएको प्रहरी निरीक्षक बोहराले बताउनु भयो । “अनुगमन गरीरहेका छौँ, यात्रुहरुलाई पनि सोध्ने गरेका छौ, कति भाँडा तिर्नु भयो भनि तर कसैले पनि बढी भाँडा तिर्नुप¥यो भनी कसलै भन्दैनन, कारबाही कसरी गर्ने’ निमित्त प्रहरी प्रमुख बोहराले भन्नु भयो ।
बढी भाँडा तिर्नुपरेको भए नागरिकहरुलाई प्रहरी चेक पोष्टमा खबर गर्न र निबेदन दिन पनि प्रहरी प्रशासनले आग्रह गरेको छ । मौखिक जानकारी मात्रै दिए प्रहरीले कारबाही प्रक्रिया थाल्ने निमित्त प्रहरी प्रमुख बोहराले बताउनु भयो ।  नागरिक ठगिने र प्रहरीमा उजुरी नपर्दा कारबाही प्रक्रिया थाल्न पनि प्रशासनलाई समस्या भएको छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन