पशु सेवा विज्ञ केन्द बैतडीको सम्र्पक केन्द्र दार्चुलामा ।।

नयाँ नेपाल समाचार,, दार्चुला ।
साविकको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको कार्यालयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको सम्पर्क केन्द्र दार्चुलामा स्थापना गरिएको छ ।
गत आर्थिक वर्षको अन्तिमतिर अर्थात्२०७५ साउन महिनादेखि जिल्ला पशु सेवा कार्यालयको संरचना हटाइको थियो । संघीयता आएपछि विभिन्न संरचना परिबर्तन भएसंगै जिल्ला पशु सेवा कार्यालय दार्चुलाको कार्यालय पनि हटाइएको थियो । कतिपय कर्मचारीहरु स्थानीय तहमा गएका थिए भने केही कर्मचारीहरु साविकको जिल्ला पशु सेवा कार्यालयमै कार्यरत रहेका थिए । 
अहिले जिल्ला पशु सेवा कार्यालयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडी अन्तरगत सम्पर्क केन्द्र खोलिएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृति तथा सहकारी मन्त्रालयको पत्रानुसार सम्पर्क केन्द्र स्थापना गरिएको पशु चिकित्सक हरिदत्त भट्टले जानकारी दिनुभयो । दार्चुलामा स्थापना गरिएको सम्पर्क केन्द्र प्रदेश सरकारको मातहतमा सञ्चालन हुनेछ ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य