घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

नयाँ नेपाल समाचार, दार्चुला ।
सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २र२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।
भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।
यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२।३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५।७१ रुपैयाँले सस्तो हो । निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।
अब निगमलाई पेट्रोलमा प्रतिलिटर ११।४४ रुपैयाँ नाफा छ । डिजेलमा प्रतिलिटर ५।८१ रुपैयाँ छ । ग्याँसमा भने प्रति सिलिण्डर २८४।८३ रुपैयाँ घाटा छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुनेछ ।
साभार : अनलाइन खबर डटकम

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन