चुलो चौकोमा सीमित नारीहरु ज्याला मजदुरीका लागि सदरमुकाममा, उनीहरु भन्छन् – नयाँ वर्षमा मात्रै फर्किन्छौँ ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सयम परिवर्तन संगै मानव समाजमा जीवन शैली पनि परिबर्तन हुदै गएको पाइन्छ । त्यति मात्रै नभई लैगिक विभेद पनि दार्चुलामा पछिल्लो समय निकै परिबर्तन भएको पाइएको छ ।
चुलो, चौको, घाँस दाउँरामै सीमित नारीहरु पछिल्लो समय पुरुषहरुले जस्तै ज्याला मजदुरी गरि परिवारको आर्थिक भार सम्हाल्ने आँट गरेका छन् । देशको राजनीतिक परिबर्तन संगै महिलाहरुमा पनि चेतना र दृष्टिकोण पनि बदलिदै गएको पाइएको छ । दश वर्षे सशस्त्र द्धन्द्धबाट थुप्रै विनाश भएपनि सामाजिक रुपान्तरण र मानव समाजको धारण परिवर्तन गर्नमा मुख्य भूमिका खेलेको पाइन्छ ।
चुलो–चौका, घाँस दाउँरा तथा घरकै काममा सीमित महिलाहरु अहिले भने विभिन्न सभा सम्मेलन लगायतका कार्यक्रमहरुमा समेत प्रतिनिधित्व हुन थालेको छ । त्यति मात्रै नभई ज्याला मजदुरी गरेर पुरुष सरह नै परिवार पाल्ने जिम्मेवारी समेत काँधमा राखी महिलाको लुकेको क्षमता देखाउन थालेको छन् । यस्तै उदाहरण बनेकी छन् व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराकी कलावती खाती । विगत ७ वर्षदेखि ज्याला मजदुरी गरेर पारिवारिक आर्थिक भार सम्हालेकी कलावती अहिले पनि ज्याला मजदुरी गरेर धन कमाइरहेका छन् । खेतबारीको काम तथा खर काट्ने काम सकेर फुर्सिदा हिउँद महिनाहरुमा धन कमाउने भन्दै महिलाहरु सदरमुकाम झरेका हुन् । विगतमा प्रायः जसो ज्याला मजदुरीको काममा पुरुषहरु मात्रै देखिन्थे भने अहिले धेरैजसो महिलाहरु नै ज्याला मजदुरीका काममा देखिन्छन् । विभिन्न घरहरु बनाउने, गाडीहरुबाट समान लोड गर्ने तथा अनलोड गर्ने काममा पनि महिलाहरु नै बढी देखिन थालेका छन् । 
कलावतीको ग्रुपमा ४ जना महिला छन्, उनीहरुले करिब एउटा टिप्पर लोड अनलोड गरेको करिब ५ हजार कमाई गर्ने गरेका छन् । ‘कहिले काम पायो भने दैनिक ५ सय देखि एक हजार रुपैयाँ कमाई हुन्छ, काम नपाए ५ सयमात्रै कमाई हुन्छ” दुहूँ गाउँपालिका गरमौराका गोमती महराले भन्नु भयो ।
यसरी काम गर्न सदरमुकाम झरेका महिलाहरुप्रति समाजले गलत नजर हेर्ने गरेको समेत नाम बताउन नचाहाने ब्रह्मदेवका एक महिलाले दुखेसो गर्नु भयो । ‘पुरुषले काम गर्दा केही नहुने, महिलाहरुले परिश्रम गरेर खाँदा समाजले गलत दृष्टिकोणले हेर्छ, परिश्रम गरेर खान पनि यो समाजमा असह छ’ दुखेसो पोख्दै ती महिलाले भन्नु भयो ।
यसरी पछिल्लो समय महिलाहरु सामाजिक कामदेखि अन्य काम गर्न जागरुक हुन थालेपनि परम्परागत विचारले ग्रसित समाजबाट भने महिलाहरुले स्याबासी पाउने सक्ने अवस्था नरहेको ती महिलाहरुले दुखेसो पोख्नु भयो ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन