महाकाली नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या,, नगरपालिकाको पुरानो भवन डम्पिङ साइटको रुपमा प्रयोग गरिएको टिप्पणी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
महाकाली नगरपालिकाको फोहोर व्यवस्थापनमा जटिल समस्या देखिएको छ । महाकाली नगरपालिका नभई साविकको अपि नगरपालिका हुदाँ पनि फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै निकै आलोचना हुने गरेको थियो । 
पछिल्लो समय देशमा संघीयता आएपछि नवनिर्मित संरचनानुसार अपि नगरपालिकाबाट महाकाली नगरपालिका बनाइएको छ । देशमा जस्तोसुकै राजनीतिक परिवर्तन भएपनि जिल्ला सदरमुकाम खलंगा समेत रहेको नगरपालिका क्षेत्रको फोहोर व्यवस्थानमा भने परिबर्तन आएको देखिदैन । महाकाली नगरपालिका क्षेत्रमै जिल्ला सदरमुकाम रहेकाले पनि यस क्षेत्रमा बढी जनघनत्व रहेकाले पनि नगरपालिका क्षेत्रमै बढी फोहोर उत्पादन हुने गरेकाले पनि नगरपालिकालाई फोहोर व्यवस्थापनमा हम्य हम्य भएको छ ।
पछिल्लो समय महाकाली नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जनशक्ति राखेर फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको थियो तर त्यो पनि सफल भएको छैन । नगरपालिकाले जिल्ला सदरमुकाम खलंगा, गल्फैमा उत्पादित फोहोर फाल्ने डम्पिङ साइटको रुपमा खेट्टे बगर र किम्तडी नजिकको क्षेत्र गरी दुईओटा क्षेत्रलाई प्रयोग गरिरहेको छ । नगरपालिकाले डम्पिङ साइटको रुपमा प्रयोग गरिरहेको ती क्षेत्रको विगतमा पनि स्थानीयहरुले विरोध जनाएका थिए । तर फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई बैकल्पिक क्षेत्र नहुदाँ स्थानीयहरुको विरोधकै बीच ती क्षेत्रलाई डम्पिङ साइटको रुपमा प्रयोग भइरहेको छ । 
नगरपालिकाले डम्पिङ साइटको रुपमा प्रयोग गरिरहेको ती दुबै क्षेत्रमा फोहोर फाल्न स्थानीयहरुले नदिएपछि नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भएको छ । दुबै क्षेत्रमा फोहोर फाल्न नदिएपछि जिल्ला प्रहरी कार्यालय अगाडी रहेको नगरपालिकाको पुराना भवनमै फोहोर थुपारिएको छ । यसरी नगरपालिकाको प्रयोग विहीन रहेको पुरानो भवनमा फोहोर डंगुर थुपार्न थालेपछि कतिपय नगरपालिकाले पुरानो भवन डम्पिङ साइटको रुपमा प्रयोग गरिरहेको टिप्पणी गर्न थालेका छन् । नगरपालिका भन्ने बित्तिक्कै विभिन्न पूर्वाधारहरु, सुविधा सम्पन्न भएको हुनुपर्ने भएपनि महाकाली नगरपालिका भने विभिन्न समस्या र आलोचनाले जेलिएको छ ।
डम्पिङ साइटमा फोहोर फाल्न स्थानीयहरुले नदिएपछि बजार क्षेत्रको फोहोर संकलन गरि एकै पटक फाल्ने भन्दै नगरपालिकाको पुरानो भवनमै फोहोर थुपारिएको नगर उपप्रमुख सोना बोहराले बताउनु भयो । स्थानीयहरुले फोहोर फाल्न नदिएपछि यस्तो समस्या आएको नगर उपप्रमुखले स्वीकार गर्नु भएको छ ।
नगर क्षेत्रमा फोहोर व्यवस्थापन नहुदाँ नागरिकहरुले यस्तो प्रतिक्रिया दिनु गलत नभई समाज प्रति सचेत नागरिकको भूमिका रहेको उप प्रमुख बोहराले प्रतिक्रिया दिनु भएको छ । नगरपालिकामा फोहोर व्यवस्थापनका लागि निकै समस्या भएकाले नागरिकहरुले यस्तो टिप्पणी गर्नु स्वाभाविक रहेको उहाँको भनाई छ । यसअघि महाकाली नगरपालिकाको कार्यालय निजामती कर्मचारी आबास गृहमा सरेसंगै पुरानो भवन प्रयोग विहीन अवस्थामा रहेको छ । जुन भवन अहिले फोहोर फाल्ने साइटको रुपमा प्रयोग गरिएको भन्दै चर्काे आलोचना हुन थालेको छ भने सामाजिक सञ्जालमा समेत भाइरल बनाइएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली