दार्चुलाका ८१ जना अस्थायी शिक्षक उत्तीर्ण, को–को भए उत्तीर्ण ? (नामसहित...)

नयाँ नेपाल समाचार, दार्चुुला ।
अस्थायी शिक्षक प्राथमिकत तहको लिखित परीक्षाको नतिजा विहीबार प्रकाशित भएको छ । शिक्षक सेवा आयोगले गत असार ३० गते लिइएको प्राथमिकत तहको तृतीय श्रेणीको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो ।
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने प्रक्रिया अनुसार लिइएको परीक्षाको नतिजा विहीबार ५ जिल्लाको प्रकाशित गरेको छ । दार्चुला, बझाङ, बाजुरा, संखुवासभा र तेह्रथुम गरी ५ जिल्लाको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको हो ।
अस्थायी शिक्षकहरुको तीनै तहको परीक्षामा प्रायःजसो कोटा भन्दा न्युन संख्यामा शिक्षकहरु उत्तीर्ण भइरहेको छन् । यस्तै अस्थायी शिक्षक प्राथमिक तहको लिखित परीक्षामा दार्चुलाबाट ८१ जना उत्रीर्ण भएका छन् ।  प्रावि तहको उत्तीर्ण हुने शिक्षकहरुको संख्या हेर्दा पनि माग गरिएको भन्दा केही कम संख्यामा मात्रै उत्तीर्ण भएका छन् । विज्ञापन नम्बर १०१ अन्तरगत ९ जना माग गरिएको ७ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै विज्ञापन नम्बर १०२ अन्तरगत ६२ जना माग गरिएको थियो भने दार्चुलाबाट झण्डै आधा ३६ जना मात्रै उत्तीर्ण भएका छन् । र विज्ञापन नम्बर १०३ अन्तरगत ३० जना माग गरिएको ३८ जना उत्तीर्ण भएका छन् ।
आज प्रकाशित लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरुको अन्तरवार्ता शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा पुष १८ गते विहान ८ बजेदेखि र दिउँसो १ बजेदेखि २ ओटा चरणमा अन्तरवार्ता शिक्षक सेवा आयोगको पत्रमा उल्लेख गरिएको छ । माग गरिएको संख्या भन्दा कम संख्यामा उत्तीर्ण भएका विज्ञापन अन्तरगतका शिक्षकहरुको लगभग स्थायी हुने निश्चित जस्तै बनेको छ । किनकी माग गरिएको संख्या भन्दा कम भएकाले प्रतिष्पर्धी नहुने भएकाले स्वत स्थायी हुने सम्भावना छ ।
यस्तै प्रकाशित शिक्षकहरुको परीक्षाको नजिताको पुनर्याेग गराउन चाहेका परीक्षार्थीले मंसिर २९ गतेसम्म शिक्षक सेवा आयोगको कार्यालय सानो ठिमी भक्तपुरमा निवेदन पेश गर्न सक्नेछन् । पुनर्याेग गराउन चाहेका परीक्षार्थीहरुले २सय ५० रुपैयाँ राजस्व बुझाई प्रबेश पत्रको प्रतिलिपि पनि निवेदन साथ पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

को–को भए उत्तीर्ण ?
दार्चुलाका लागि माग गरिएको संख्या भन्दा कम शिक्षकहरु उत्तीर्ण भएका छन् । तीन किसिमका विज्ञापन अन्तरगत लिइएको परीक्षामा माग गरिएको भन्दा कम संख्यामा शिक्षक उत्तीर्ण भएका छन् ।
विज्ञापन नम्बर १०१ अन्तरगत दार्चुलाबाट ७ जना, धनसिँह रैखोला, नरेन्द्रदत्त भट्ट, हरसिँह धामी, गणेश दत्त जोशी, हेमन्ती कुमारी पाल सिंह, पदमसिँह डाँगा र मञ्जु बम उत्तीर्ण भएका छन् । यस्तै विज्ञापन नम्बर १०२ अन्तरगत सरोजनी बुढाथोकी, पार्वती कार्की, पार्वती जोशी, कुमारी अम्बिका जोशी, कुमारी बीस्ना कार्की, इन्द्रा कुवर, द्रोपती भट्ट उत्तीर्ण भएका छन् । त्यसैगरी गोमती भट्ट, बेलमती बोहरा, कलावती चैसिर, गौरीदत्त भट्ट, हिरा धामी, ईश्वरी खत्री, ईश्वरी जोशी, श्यामराज अवस्थी, धर्मानन्द भट्ट, ईश्वर दत्त जोशी, हरिना कुमारी भट्ट, जयन्ती भट्ट, सीमा कुवँर, सरस्वती देबी धामी, हेमन्ती धामी, हरिकृष्ण भट्ट, मानसिँह धामी, हिमा सिंह, कोपीला कुमारी महर(ठगुन्ना) उत्तीर्ण भएका छन् । यस्तै बागेश्वरी अवस्थी, उमा बम, करनसिँह सामन्त, मनोरथ पन्त, रामदत्त भट्ट, निर्मला चन्द, सुना चैसिर, हरकसिँह खत्री, जगतसिँह महर र राजेन्द्री कुवँर गरी ३६ जना उत्तीर्ण भएका छन् ।
यस्तै विज्ञापन नम्बर १०३ अन्तरगत भने माग भएको भन्दा केही बढी संख्यामा उत्तीर्ण भएका छन् । ३० कोटा माग भइआएकोमा ३८ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् ।
गोमती बम, कलावती धामी, राजेन्द्रसिँह धामी, मनमती धामी(ठगुन्ना), शेरसिँह धामी, भागरथी कार्की, बीरसिँह जागरी, कर्ण बहादुर बम, नरेन्द्र बहादुर धानुक, नारा बोहरा(ठगुन्ना), सरस्वती भट्ट, योगमाया मन्याल, गणेशसिँह ठगुन्ना, अम्भूसिँह धामी उत्तीर्ण भएका छन् । यस्तै मनोज कुमार भट्ट, रामसिँह ठगुन्ना, प्रजापतिसिँह धामी, देवदत्त जोशी, नमराज भट्ट, कलावती जोशी(मिश्र) रमकेश खत्री, महेशी देबी पन्त, भागरथी डडाल, कमला भट्ट, नरीराम टमटा, बिमला जोशी उत्तीर्ण भएका छन् । यस्तै खेमराज बडु, इन्द्रसिँह महता, जानकी विष्ट, डम्मरा सिंह, अशोक खडायत, धिर्कबहादुर सिंह धामी, शेरसिँह धामी, रामसिँह ठगुन्ना, अमिता डाँगा, कलावती बोहरा, धनबहादुर ठगुन्ना र राधा खडायत गरी ३८ जना उत्तीर्ण भएका छन् ।