महिला हिंसा पुरुषबाट मात्रै नभई महिलाबाटै हुन्छ : उपसभामुख जोशी ।।

नयाँ नेपाल समाचार दार्चुला ।
सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला जोशीले महिला हिंसा पुरुषबाट मात्रै नभई महिलाबाट नै महिला हिंसा हुने गरेको बताउनु भयो । १६ दिने लैंगिक हिंसा विरुद्ध अभियानको समापन कार्यक्रममा बोल्दै उपसभामुख जोशीले यस्तो बताउनु भएको हो ।
समाजमा भइरहेका विभिन्न उदाहरण दिदै समाज घटिरहेका महिला हिंसाका घट्नाहरु पुरुषबाट मात्र नभई महिलाहरु बाट पनि महिला पीडित हुनुपर्ने अवस्था रहेको दाबी गर्नु भएको छ । परिवारमा सासु र बुहारीको आन्तरिक कलह पनि एउटा हिंसा भएको भन्दै सासु र बुहारीको कलह नै महिलाबाट महिला हिंसाको सिकार भएको उदाहरण दिदै प्रष्ट पार्नु भयो । विगत र अहिले तुलनात्मक रुपमा महिलाहरुमा निकै परिबर्तन आएको र महिला हिंसाका घट्नाहरु पनि केही न्युन हुदै गएको सभामुख जोशीको भनाई छ ।
अहिलेको परिबेशमा भइरहेको महिला हिंसाका घट्नाहरुलाई विगत लामो समय देशमा रहेको राणा शासन र दरबारीया शासनकाको उपजको सज्ञा दिनु भएको छ । “लामो समयसम्म राणा शासन र दरबारीय शासनका कारण अहिले पनि विभिन्न महिला हिंसा भइरहेका हुन्, कसैले कसलाई दोष दिनु उचित ठान्दिन” उपसभामुख जोशीले भन्नु भयो ।
यस्तै महिला हिंसा हुनुमा पुरुषको मात्रै दोष नभई महिला स्वयम पनि दोषी रहेको उपसभामुख जोशीले बताउनु भयो । छोरीलाई मही र छोरोलाई दुध दिने गरेको गाउँघरको परिबेशलाई स्मरण गराउदै उपभामुखले छोरी मही दिने छोरोलाई दुध दिने विभेदपूर्ण व्यवहार बुवाले नभई आमाले गरिरहेको प्रष्ट पार्नु भएको छ । यसरी समाजमा पुरुषलाई मात्रै दोष दिनुको सट्टा महिलाहरु आफैबाट महिला हिंसा न्युनीकरणको प्रयास थाल्न आग्रह गर्नु भएको छ । परिवार अर्थात् घरको गृह मन्त्री नै महिला भएकाले परिवारको महिला हिंसा न्युनीकरणका लागि महिलाले नै सचेत हुनु जरुरी रहेको बताउनु भयो ।
यस्तै अबको अभियान हिंसा न्युनीकरण नभई हिंसा अन्त्यको अभियान भएको समेत बताउनु भएको छ । यसरी हिंसा अन्त्य गर्न पुरुषको हातमा नभई महिलाको हातमा भएकाले सबैले उठ्ने र जुट्ने बेला आएको औल्याउनु भएको छ । देशमा महिला हिंसा न्युनीकरणका लागि संविधान र कानुनको कमि नभएको बताउदै कार्यान्वयन र प्रयोग चुनौतीपूर्ण रहेको बताउनु भयो । 
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री