महिला हिंसा अन्त्य गर्न परिवारबाटै सुरु गर्नु पर्छ : प्रदेशसभा सदस्य बोहरा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिँह बोहराले महिला हिंसा न्युनीकरणका लागि परिवारबाटै सुरुवात गर्नु पर्ने बताउनु भएको छ । महिला हिंसा परिवारबाटै उत्पन्न हुने भएकाले यसको अन्त्यका लागि परिवारबाटै सुरुवात हुनुपर्ने धारणा व्यक्त गर्नु भएको हो ।
घरमा आमा बुवाले नै छोरीलाई सार्वजनिक स्कुल र छोरालाई बोर्डिङ स्कुल लगाउने प्रबृत्ति रहेकाले परिवार हुदै समाजमा यस्तो प्रबृत्ति फैलिएको संकेत गर्नु भएको छ । 
समाजमा भइरहेको महिला हिंसाका घट्नाहरुका उदाहरण दिदै प्रदेशसभा सदस्य गेल्बुसिँह बोहराले महिला हिंसाका घट्ना कम गर्न घरबाटै अर्थात् परिवार बाटै सुरु गर्नुको विकल्प नरहेको औल्याउनु भयो ।
यस्तै विगत र अहिले महिलाको अवस्था फरक भएकाले विस्तारै महिला हिंसाका घट्ना कम हुदै जाने धारणा व्यक्त गर्नु भएको छ । राजनीतिक परिवर्तन संगै महिला तथा सबै वर्गको अवस्था परिबर्तन हुदै जाने बताएका छन् । यस्तै शिक्षाले सम्पूर्ण परिबर्तनमा सहयोग गर्ने भएकाले सर्वप्रथम शिक्षित हुनु पनि उत्तिक्कै आवश्यक रहेको प्रदेशसभा सदस्य बोहराको भनाई छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री