सनराईज बैंकमा सेवाको ओइरो : मिसकलबाटै चार कारोबार, सुदूरपश्चिमका पाँच हस्पिटबाट स्वास्थ्य सेवा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
वित्तिय संस्थाहरुले पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा समेत हक जमाउन थालेका छन् । यस्तै सनराईज बैंकले पनि विभिन्न स्वास्थ्य तथा दुर्घटना बीमा लगायतका विभिन्न सेवा प्रदान गरिरहेको छ ।
मुनाफामा केन्द्रित वित्तिय संस्थाहरु अर्थात् दार्चुला जिल्लामा सञ्चालित विभिन्न बैंकहरुले पछिल्लो समय ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको शाखा प्रबन्धक राकेशसिँह बुढाथोकीले बताउनु भयो । यस्तै सनराईज बैंक शाखा दार्चुलाले पनि विभिन्न सेवा अन्तरगत स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्ट्रोनिक बैंकिङ सुविधाको सम्बन्धी अन्तरक्रिया कार्यक्रममा शाखा प्रबन्धक बुढाथोकीले बैंकका विभिन्न सेवाहरुबारे जानकारी गराउनु भएको छ ।
सनराईज बैंकले पछिल्लो समय विभिन्न सेवाहरु मिसकल गर्दा प्रदान गर्ने प्रविधिलाई अबलम्बन गरेको छ । सनराईज बैंकमा खाता खोलेका तथा नम्बर रजिस्टर गरेका ग्राहकहरुले बैंकका विभिन्न चार ओटा नम्बरमा मिसकल मात्रै गर्दा पनि विभिन्न सेवाहरु प्रदान गरिने सनराईज बैंक प्रधान कार्यालयका प्रतिनिधि दिपेनमान प्रधानले बताउनु भयो ।
मिसकलबाटै चार कारोबार : मोबाइलमा व्यालेन्स भरिने
सनराइज बैंकमा खातावाल अर्थात् ग्राहाकले सनराईज बैंकको ९८५१११७२७२ मा मिसकल गर्दा मोबाइलमा टप–अप अर्थात् व्यालेन्स भरिने सुविधा रहेको छ । बैंकले पछिल्लो समय युग सुहाउदो प्रविधिलाई प्राथमिकता दिदै ग्राहकहरुलाई सेवा दिन लागेको हो ।
आफ्नो खातामा भएको पैशाको जानकारीका लागि पनि मिसकल गर्दा प्राप्त हुने व्यवस्था उक्त बैंकमा रहेको छ । खातामा रहेको रुपैयाँ बारे जानकारी लिन ९८५११४७२७३ मा मिसकल गर्दा उक्त सूचना प्राप्त हुने व्यवस्था गरिएको सनराईज बैंक शाखा दार्चुलाका प्रबन्धक राकेशसिँह बुढाथोकीले बताउनु भयो । 
यस्तै कल सेन्टरबाट  मद्दतका लागि ९८५११८७२४७ मा मिसकल गर्ने बित्तिक्कै सो सेवा ग्राहकलाई प्राप्त हुने व्यवस्था उक्त बैंकमा छ । त्यस्तै अन्तिम ४ कारोबारको मिनि स्टीमेटको जानकारीका लागि  ९८५११८७२७४ मा मिसकल गर्नुपर्ने बैंकले जनाएको छ । प्रविधिको युगमा विभिन्न प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्न बैंकले यस्तो व्यवस्था गरेको हो ।
सुदूरपश्चिमका ५ हस्पिटलबाट स्वास्थ्य सेवा 
मुनाफाका लागि सञ्चालन हुने वित्तिय संस्थाहरुले पछिल्लो समय ग्राहकहरुलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न सेवाहरु समेत प्रदान गर्न थालेका छन् । सनराईज बैंकले स्वास्थ्य तथा दुर्घटना बीमाको सुविधा प्रदान गर्दै आएको छ ।
सनराईज बैंक शाखा दार्चुलाले स्वास्थ्य बीमा अन्तरगत हालसम्म दुईजनालाई आर्थिक सहयोग गरिसकेको शाखा प्रबन्धक राकेशसिँह बुढाथोकीले बताउनु भयो । सनराईज बैंकका एक जना ग्राहाकलाई कानको अपरेशनका लागि ८८ हजार र अर्का ग्राहाकको पेटको पत्थरीको अपरेशनका लागि ४८ हजार आर्थिक सहयोग गरिसकेको बैंकले जनाएको छ ।
यस्तै स्वास्थ्य तथा दुर्घटना विमा अन्तरगत सेवा लिन सुदूरपश्चिमका विभिन्न पाँच ओटा हस्पिटललाई सेवा क्षेत्र तोकिएका छन् । सनराईज बैंकले सुदूरपश्चिमका लागि सिपी हस्पिटल, घोडाघोडा अस्पताल,  नवजीवन हस्पिटल, पद्मा हस्पिटल  र सेफर  हस्पिटल गरी ५ हस्पिटलहरुलाई सेवा क्षेत्रको रुपमा राखिएको छ । दुर्घटना विमामा ५ लाख सम्म खातामा मौज्दात रहेको चार गुणा बराबरको सेवा पाउने व्यवस्था रहेको छ ।
बैंकको सेवा सम्बन्धी सनराईज बैंक शाखा दार्चुलाका परेशन इन्चार्ज श्यामराज बडु र चरनसिँह बुढाथोकीले स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्ट्रोनिक बैंकिङ सुविधाका बारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रमका सहभागिहरुको जिज्ञाशाहरुमा प्रधान कार्यालयका प्रतिनिधि दपेनमान प्रधान र दार्चुलाका शाखा प्रबन्धक राकेश बुढाथोकीले गर्नु भएको थियो ।
सनराईज बैंक प्रधान कार्यालयका प्रतिनिधि दिपेनमान प्रधानको अध्यक्षता एवं दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिँह ठगुन्नाको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न वित्तीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन