गणतन्त्र स्थापना पश्चात् पहिलो पटक सार्वजनिक विदा दिएर मनाइयो पृथ्वी जयन्ती ।।

दार्चुला समाचार,,
गणतन्त्र स्थापना पश्चात् सार्वजनिक विदा दिएर पहिलो पटक दार्चुला लगायत देशभर २ सय ९६ औँ एकता दिवस एवं पृथ्वीजयन्ती मनाइएको छ । नेपालमा रहेका बाइस्से चौविस्य राज्यहरुलाई एकिकरण गरेर आधुनिक नेपाल निर्माण गरेर बडामहारधिराजाका नामले चिनिने तत्कालिन राजा पृथ्वी नारायण शाहको जन्म दिनको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती मनाइएको छ । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्टिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
शीर्ष दलहरुको उपस्थिति नभए पनि जिल्लामा क्रियाशील राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बीरसिँह बडाल, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष चन्द्रबल्लब जोशी, जनसमाजबादी पार्टीका अध्यक्ष चक्रबहादुर बम लगायतको सञ्चारकर्मीहरुको सहभागितामा एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । कार्यक्रममा कुनै पनि सरकारी कार्यालयका प्रमुखहरु तथा अन्य राजनीतिक दलहरुको भने सहभागिता थिएन ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य