दार्चुलाका दुई गाउँपालिकाका तीन सय बढी नागरिकलाई न्यानो लुगा वितरण गरिने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्लाका उच्च हिमाली क्षेत्रमा अवस्थित दुई गाउँपालिकाका बृद्धबृद्धा, असक्ता, असाहय, अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो लुगा वितरण गर्ने निर्णय भएको छ । जिल्लाको व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका ३ सय बढी बृद्धबृद्धा, असक्त, अपाङ्गता भएका नागरिकहरुलाई न्यानो लुगा वितरण गर्न लागिएको हो ।
जिल्लाको अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिका जिल्लाकै अन्य स्थानीय तहको तुलनामा बढी चिसो हुने भएकाले ती गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । नेपाल रेडक्रस सोइसाइटी दार्चुला जिल्लको पहलमा प्राप्त न्यानो लुगा कम्बल, सुतिसाडी र  जीनकपडा जिल्लाको चिसोबाट बढी प्रभावित दुबै गाउँपालिकाका ३ सय २५ जनालाई वितरण गरिने प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
अपिहिमाल गाउँपालिकाका ७५ जना र व्याँस गाउँपालिकाका २ सय  ५० जना गरी जम्मा ३ सय २५ जना जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गर्ने निर्णय गरिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । अपिहिमाल गाउँपालिकामा रहेका ३० महिला र ४५ जना पुरुष र व्याँस गाउँपालिकाका सय जना महिला र १ सय ५० जना पुरुषलाई न्यानो कपडा वितरण गरिएको छ । महिलाहरुलाई एउटा कम्बल र एउटा सुतीसाडी तथा पुरुषलाई कम्बल र ५ मिटर जीनकपडा वितरण गरिने छ ।
अपिहिमाल गाउँपालिकाबाट जेष्ठ नागरिकहरुको संख्या ९० जनाको तथ्यांक र व्याँस गाउँपालिकाबाट ३ सय ३९ जनाको तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिकहाँ आएको थियो । तर ७५ वर्ष नाघेका नागरिकहरुलाई मात्रै न्यानो लुगा वितरण गर्ने योजना अनुसार दुबै गाउँपालिकाबाट प्राप्त तथ्यांकमा केही संख्या घटाएर न्यानो लुगा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको भनाई छ ।

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा