रबर बोर्ट सशस्त्र प्रहरीलाई हस्तन्तरण गरिने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जिल्लाका रहेको एक मात्र रबर बोट सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिने भएको छ । नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित डिपी डिआरआर कार्यक्रमको सहयोगमा प्राप्त रबर बोट नेपाल सशस्त्र प्रहरी बल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलालाई हस्तान्तरण गर्ने निर्णय गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दार्चुला प्रमुख राजकुमार घिमिरेले जानकारी दिनुभयो ।
डिपी–डिआरआर कार्यक्रमको सहयोगमा जिल्लामा पहिलो पटक रबर बोट प्राप्त भएको थियो । उक्त रबर बोट जिल्ला विपद व्यवस्थापन समितिमा उपलब्ध गराइएकोमा जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले सशस्त्र प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । तीन ओटै सुरक्षा निकायले आबश्यकताको आधारमा प्रयोग गर्न पाउने गरी रबर बोट हस्तान्तरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै यही डिसेम्बरबाट नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित डिपी –डिआरआर कार्यक्रम सकिन लागेकाले उक्त कार्यक्रम निरन्तरताका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । विभिन्न जोखिमका दृष्टिकोणले दार्चुला जिल्ला उच्च जोखिममा रहेकाले उक्त कार्यक्रम निरन्तरताका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलय, सम्बन्धीत कार्यक्रम दातृ निकाय लगायत सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलय विपद् व्यवस्थापन विभागको सहयोगमा जिल्ला शाखा दार्चुला अन्तरगत सञ्चालित उक्त कार्यक्रमको गतिविधि जिल्लामा प्रभावकारी  समन्वय र सहकार्यम गरी सबै स्थानीय तह तथा सरोकारवाला निकायहरुसंग समन्वय गरी विपद्का बेला उद्धार कार्य समेत गरिएको जनाएको छ । विपद्का बेला उद्धार तथा राहात कार्यलाई एकद्धारा प्रणालीमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावकारी भूमिका खेल्दै आएकाले सूचना व्यवस्थापनका लागि कर्मचारीहरु उक्त कार्यक्रम निरन्तरताका लागि अनुरोध गर्ने निर्णय गरिएको हो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली