सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुबेदीको दार्चुला भ्रमण ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
पहिलोपटक बुधबार दार्चुला आइपुग्नु भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी दार्चुला भ्रमण पश्चात् आज फर्किनु भएको छ । कात्र्तिक २७ गते सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गर्नु भएका मन्त्री सुबेदीको दार्चुला पहिलो भ्रमण हो ।
कात्र्तिक २७ गते सामाजिक विकास मन्त्री दीर्घ सोराडीलाई बरखास्त गरी प्रदेश सरकारले उहाँको ठाउँमा कृष्णराज सुबेदीलाई नियुक्त गरेको हो । सामाजिक विकास मन्त्री नियुक्त भइसकेपछि पहिलो पटक दार्चुला आइपुग्नु भएका सामजिक विकास मन्त्री सुबेदीले प्रदेश मातहत सञ्चालन भइरहेको जिल्ला अस्पताल दार्चुलाको निरीक्षण अनुगमन समेत गर्नु भएको छ ।
सामाजिका विकास मन्त्री कृष्णराज सुबेदी, दार्चुलाका प्रदेश सांसद गेल्बुसिँह बोहरा लगायतको टोलीले जिल्ला अस्पताल दार्चुला निरीक्षण अनुगमन गरेको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो । निरीक्षण अनुगमन पश्चात् भएको अन्तरक्रियामा मन्त्री सुबेदीले जिल्ला अस्पताल दार्चुलाका लागि तत्काल प्रदेश सरकारबाट २० लाख बजेट छुट्याइएको बताउनु भएको छ । यस्तै जिल्ला अस्पताल दार्चुलाको भौतिक अवस्था, जनशक्तिको अवस्था, उपकरणहरु तथा औषधी लगायतका बारेमा मन्त्री सुबेदीलाई लिखित मागपत्र पेश गरेको डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो । 
क्याम्पसद्धारा मन्त्रीलाई धन्यवाद ज्ञापन
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई दार्चुला बहुमुखी क्याम्पस दार्चुलाले धन्यवाद ज्ञापन गरेको छ ।
क्याम्पसहरुको सर्वपक्षीय विकासका लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गरेको र क्याम्पसको भौतिक संरचना निर्माणका लागि वजेट समेत विनियोजन गरेकोमा प्रदेश सरकार र मन्त्रीलाई क्याम्पसले धन्यवाद ज्ञापन गरेको हो ।
धन्यवाद ज्ञापनमा उच्च शिक्षाको गुणस्तर वृद्धि र शैक्षिक उन्नयनका लागि अझै भौतिक र प्राज्ञिक विकासका कुरा गर्न बाँकी रहेकाले सोका लागि मन्त्रालयलाई सहयोग गर्न समे आग्रह गरिएको छ ।
धन्यवाद ज्ञापनसँगै सामाजिक विकास मन्त्री सुवेदीलाई स्थानीय अल्लोले बनेको टोपी पहिर्याएर सम्मान समेत गरिएको थियो ।
निमित्त क्याम्पस प्रमुख मदन कार्कीको अध्यक्षतामा आयोजित धन्यवाद तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि मन्त्री सुवेदी र विशिष्ट अतिथि प्रदेश सभा सदस्य गेल्बोसिह बोहरा रहनु भएको थियो । कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, नेकपाका जिल्ला अध्यक्ष गणेशसिह खत्रीसहित नेकपाका प्रदेश र जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । क्याम्पस प्रवेशका क्रममा क्याम्पसका विद्यार्थी, शिक्षक कर्मचारीहरुले मन्त्रीको स्वागत गरेका थिए । 
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री