गाउँपालिका अध्यक्ष धामीद्धारा होपरीगाड–सिप्टी–शेरी–तपोवन सडकको अनुगमन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामी लगायतको टोलीले होपरीगाड–सिप्टी–शेरी–तपोवन सडक खण्डको अनुगमन गरेको छ । गाउँपालिकाद्धारा निर्माण भइरहेको नौगाढ गाउँपालिकाको सिप्टीलाई देथला–खार–खलंगा सडकमा जोड्ने उक्त सडकको आज गाउँपालिका अध्यक्ष धामी लगायतको टोलीले अनुगमन गरेका हुन् ।
गत आर्थिक वर्षबाट निर्माण भइरहेको उक्त सडक निर्माणका लागि नौगाड गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि एक करोड बजेट विनियोजन गरी उपभोक्ता समितिद्धारा निर्माण गरिदै छ । गत आर्थिक वर्षमा समेत झण्डै डेढ किलोमिटर सडक निर्माण गरिएको थियो । गत आर्थिक वर्षमा पनि गाउँपालिकाले उक्त सडक निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको थियो भने चालु वर्षमा पनि गाउँपालिकाले एक करोड बजेट विनोजन गरी निर्माण गरिरहेको छ ।
विगत लामो सयमदेखि कृषि सडकका नामले चिनिने उक्त सडक खण्ड निर्माणका लागि साविकको जिल्ला विकास समितिबाट निर्माण भइरहेको थियो । तर लामो समयसम्म विभिन्न बाहानामा सडक निर्माणको काममा प्रगति गर्न सकिएको थिएन । उक्त सडक निर्माण गर्न नसकिदाँ पछिल्लो समय स्थानीय सरकार गठन भएपश्चात् सडक निर्माणको काम उपभोक्ता समिति मार्फत सडक निर्माण गर्न लागिएको हो ।
पछिल्लो सयम स्थानीय सरकारले उपभोक्ता समिति मार्फत सडक निर्माण गर्दा सन्तोषजनक प्रगति भएको गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले जानकारी दिनुभएको छ । गाउँपालिकाका अध्यक्षका अनुसार यसरी उपभोक्ता समिति मार्फत योजनाहरु निर्माण गर्दा छिटो, छरितो तथा दिगो समेत हुने गरेको छ । गत वर्ष पनि उपभोक्ता समितिले सम्झौता भन्दा बढी काम गरेका थिए । १ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएको भएपनि उपभोक्ता समितिले डेढ किलोमिटर सडक निर्माण गरेका थिए । उपभोक्ता समिति मार्फत विकास निर्माणका कार्यहरु गरिदाँ स्थानीयहरु समेत भएकाले उपभोक्ता समितिहरुले दिगो र जाँगरका साथ काम गर्ने गरेका छन् । गाउँपालिकाको टोलीले गरेको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष प्रमेसिँह धामीले उपभोक्ता समितिको कामप्रति खुशी व्यक्त गरेका छन् ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष प्रेमसिँह धामी, उपाध्यक्ष गौरी ठगुन्ना लगायत जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।