महाकाली बाढी पीडित संघर्ष समितिको ज्ञापन अर्थमन्त्रीलाई ।।

नयाँ नेपाल समाचर, दार्चुला ।
महाकाली बाढी पीडित संघर्ष समितिले विभिन्न माग राख्दै आइतबार अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाई सकेको महाकाली बाढी पीडित संघर्ष समितिले आइतबार अर्थ मन्त्रालयमा गई अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् ।
२०७० सालमा आएको महाकाली बाढीबाट पीडितहरुलाई उचित राहात उपलब्ध गराउन माग गर्दै समितिका अध्यक्ष सहित पदाधिकारीहरुले गृह मन्त्रालय पश्चात् अर्थ मन्त्रालयमा ज्ञापन बुझाएका हुन् ।
दार्चुलाबाट निर्वाचित संघीय सांसदद्धय गणेशसिँह ठगुन्ना तथा संघीय दिलिन्द्र प्रसाद बडुको समन्वयमा समिति अध्यक्ष ललितसिँह बोहरा सहितिको पदाधिकारी टोलीले अर्थमन्त्री खतिवडालाई ४ बुँदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् । समितिको ज्ञापन पत्रमा नेपाल सरकार मन्त्री परिषद्को २०७० जेठ ८ गतेले गरिएको सहुलियत ऋण दिने सम्बन्धी निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । यस्तै दैबी प्रकोप उद्धार सम्बन्धी कानुनमा भएको व्यवस्था अनुसार बाढी पीडित परिवारका एक जनालाई बैदेशिक रोजागारी वा पठाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न, देश अन्य विभिन्न स्थानमा भएको दैबी प्रकोपको क्षेतिमा प्रदान गरिए सरह महाकाली बाढी पीडितलाई समेत राहात उपलब्ध गराउन समितिले माग गरेका छन् ।
महाकाली बाढी पीडितहरुलाई सहयोग उपलब्ध गराउन केन्द्रिय दैबी प्रकोप उद्धार समिति काठमाण्डौ र प्रधानमन्त्री राहात कोषमा जम्मा हुन गएको रकम समेत तत्काल बाढी पीडितहरुलाई उपलब्ध गराउन समितिले माग गरेका छन् । शुक्रबार गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्ना मात्रै थिए भने आजको ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रतिनिधिसभा सांसद बडुपनि सहभागि भएका हुन् ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री