चोकदेखि विद्यालयमा नाटक प्रर्दशन, सडकमा फोहोरको थुप्रो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
महाकाली नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सडक देखि विद्यालयहरुमा नाटक प्रदर्शन भइरहेको छ । नगरबासीलाई सचेत गराउने भन्दै नगर क्षेत्रका फोहोर व्यवस्थापनका लागि महाकाली नगरपालिकाको आयोजना तथा दार्चुली नाट्य समूह दार्चुलाको सहयोगमा पौष ५ देखि सडक नाटक प्रदर्शन गर्न सुरु भएको अभियान जारी छ ।
पौष ५ गते महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगड बसपार्कदेखि थालनी भएको सडक नाटक प्रदर्शन कार्य निरन्तर भइरहेको छ । त्यस्तै दोस्रो बंगाबगडको चोकमा, शनिबार राधाकृष्ण चोक र क्याम्पस अगाडी सडक नाटक प्रदर्शन गरिएको छ ।  यस्तै आइतबार कैलाशपती आधारभूत विद्यालय छाङरुमा विद्यालय र दशरथनगर आधारभूत विद्यालयको संयुक्त सहभागितामा सडक नाटक प्रदर्शन गरिएको छ । 
यस्तै सोमबार(भोली) मेहन्द्र नमुना मावि खलंगामा विहान ११ बजे सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम तय भएको दार्चुली नाट्य समूह दार्चुलाका सदस्य उपेन्द्रसिँह ठगुन्नाले जानकारी दिनुभयो । मुख्य गरी महाकाली नगरपालिका वडा नम्बर ४ को बंगाबगडदेखि वडा नम्बर ७ धापसम्म विभिन्न चोक तथा विद्यालयहरुमा नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको सदस्य ठगुन्नाले बताउनु भयो । महाकाली नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि पछिल्लो सयम सडक नाटक प्रदर्शन गरिरहेको छ । 
महाकाली नगरपालिकाले पछिल्लो समय यस्तै विभिन्न नयाँ शैलीबाट फोहोर व्यवस्थापन गर्ने योजना बनाएको छ । नगरपालिकाले पौस १ गतेदेखि कुहिने र नकुहिने फोहोर अलग–अलग दिन संकलन गरिरहेको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै फोहोर संकलन गर्ने गरेको छ भने नछुट्याइएको फोहोर संकलन समेत नगर्ने नगरपालिकाको योजना छ । जसले गर्दा खलंगा बजार क्षेत्रकै कतिपय सडकखण्डहरुमा फोहोरको थुप्रो हुने गरेको छ, जुन नगरपालिकाले नउठाउने जनाएको छ ।
सडकको फोहोर नगरपालिकाले उठान नमाने पछि सडक क्षेत्रहरुमा झन फोहोर बढ्ने अनुमान गरिएको छ । तर नगरबासी सचेत भए विस्तारै नगरक्षेत्र सफा र स्वच्छ हुने नगरपालिकाले जनाएको छ । विभिन्न सयममा महाकाली नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै चर्काे आलोचना हुने गरेका बेला नगरपालिकाले पछिल्लो समय विभिन्न नयाँ शैली अपनाएको छ ।
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग

निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला । दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार