पहिलो पटक प्रहरीको सार्वजनिक सुनुवाई सडकमा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सडक सुरक्षा, भिड नियन्त्रण र अन्य यस्तै कामका लागि अधिकृत सहित सडकमा देखिने प्रहरी दार्चुला सदरमुकाममा आइतवार सडक मै देखिए तर उनीहरु न सडक सुरक्षाका लागि थिए न भिड नियन्त्रणका लागि । न कुनै राजनीतिक दलहरुको कार्यक्रम थियो न कुनै सम्भावित जोखिमको आँकलन नै । जिल्ला सदरमुकामको राधाकृष्ण चोकमा बिहान एघार बजेतिर स्थानीय ओहोर दोहोर गर्दै गर्दा प्रहरी अधिकृतहरु प्रहरी सहित देख्दा आज के रहेछ भनेर कानेखुुसी गर्दै थिए । एकैछिन पछि प्रहरीले व्यानर राखेपछि थाहा भयो, कार्यक्रम थियो–जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सुनुवाई । 
सेवाप्रदायक संस्थाहरुको पारदर्शिता र जवाफदेहिताको आँकलन गर्ने एक औजारमध्ये रहेको सार्वजनिक सुनुवाई कार्यक्रम अधिकांशले बन्द कोठाभित्र गर्ने गर्दछन् तर जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतवार खलंगाको बिच बजारमा सडक मै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्यो । ‘आम नागरिकको चासो र जिज्ञासा सम्बोधन गर्ने उद्देश्यले सडक मै सार्वजनिक सुनुवाई कार्यक्रम गरेका हौं ।’ प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले भने ।
कार्यक्रमले संविधान प्रदत्त सूचनाको अधिकारको सुनिश्चितता गर्न र सरोकारवालाहरुसम्म आफ्ना कुराहरुलाई राख्न सहज बनाएको उल्लेख गर्दै कार्यक्रमका अनुगमनकर्ता तथा संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले आम नागरिकलाई आफ्ना प्रश्न, जिज्ञासा, सुझाव र टिप्पणीहरु यस्ता कार्यक्रममा राख्न आग्रह गरे ।
पन्ध्र प्रहरी युनिट भवनविहीन
जिल्ला प्रहरी कार्यालय सहित २८ वटा प्रहरी युनिटमध्ये १५ युनिटको आफ्नो भवन नै छैन । स्थानीयको घर भाडामा लिएर भवन नभएका प्रहरी युनिटहरु सञ्चालन गरिरहेको दार्चुला प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन् ।
जिल्लाका १३ प्रहरी युनिट मात्रै आफ्नै भवनमा छन् । १० युनिटसँग आफ्नो जग्गा भएपनि भवन नभएको र ५ प्रहरी युनिटसँग जग्गा तथा भवन दुवै नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । गाउँमा रहेका प्रहरी युनिटहरुसँग आफ्नै भवनको त कुरै छोडौं, पर्याप्त ठाउँ पनि नभएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले भने । चौकी भरिका प्रहरी एउटै कोठामा बस्नु पर्ने अवस्था भएकाले सरकारले तत्काल दार्चुला जिल्लाका भवन नभएका चौकीका भवन निर्माण गर्नेतिर ध्यान दिनु पर्ने उनको भनाई छ ।
एक प्रहरीको भागमा तीनसय तीन जना
दार्चुलामा प्रहरी नायव उपरीक्षकसहित ६ जना प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ४६ प्रहरी सहायक निरीक्षक, ८९ प्रहरी हबल्दार र २ सय ६९ प्रहरी जवान कार्यरत रहेको दार्चुलाको जनसंख्या १ लाख ३३ हजार २ सय ७४ रहेको छ । प्रहरीको दरबन्दी र जनसंख्या हेर्ने हो भने एक जना प्रहरीले ३ सय ३ जनाभन्दा बढीलाई हेर्नु पर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभएको छ ।
त्यति मात्रै नभएर एक जना प्रहरीले ५ दशमलब ०६ वर्ग किलोमिटर क्षेत्रफल समेत हेर्नु पर्ने अवस्था रहेको छ । भौगालिक बिकटताका कारण प्रहरीलाई हरेक बस्तिसम्म सहज सेवा प्रवाह गर्न अझ समस्या भएको सुचना अधिकारी बोहराले बताए ।
७२ किलोमिटरमा ५ प्रहरी युनिट 
महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सडकखण्डको ७२ किलोमिटर क्षेत्रमा प्रहरीले ५ युनिट मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
सडक खण्डको गाकुलेश्वर, मालिकार्जुन, शंकरपूर, दत्तु र धापमा प्रहरी युनिट रहेको छ । सडक सुरक्षाका लागि दार्चुला प्रहरी पुस १ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातका लागि यो खण्डमा समय तालिका समेत निर्धारण गरेको छ । तालिका अनुसार सवारी साधानले यो ७२ किलोमिटर पार गर्न ३ घण्टा ३१ मिनेट लगाउनु पर्नेछ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली