महाकाली बाढी पीडितहरुलाई राहात उपलब्ध गराउन मन्त्रीदेखि प्रधानमन्त्रीलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
महाकाली बाढी पीडित विपद् व्यवस्थापन संघर्ष समिति अहिले बाढी पीडितहरुलाई राहात उपलब्ध गराउन माग गर्दै मन्त्री देखि प्रधानमन्त्री कहाँ धाइरहेका छन् । २०७० सालमा आएको महाकाली बाढीबाट पीडितहरुलाई राहात, विस्थापितलाई पुनःस्थापनको माग गर्दै समितिले मन्त्रीदेखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । 
गृहमन्त्री, अर्थमन्त्रीलाई राहातको माग गर्दै ज्ञापन पत्र बुझाई सकेको महाकाली बाढी पीडित विपद् व्यवस्थापन संघर्ष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । संघीय सांसद गणेशसिँह ठगुन्नाको समन्वयमा गएको संघर्ष समितिका पदाधिकारीहरु सहितको टोलीले महाकाली बाढी पीडितहरुलाई उचित राहात उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत व्यवस्थापन संघर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उनले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकोमा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने बताउनु भएको हो । दार्चुलबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिंह ठगुन्नाले विगतमा सरकारले राहत दिने निर्णय गरे पनि अझैसम्म पनि पीडितले राहत नपाएको बताएका छन् । उनले निर्णय गर्ने बेला विभिन्न शर्त राखिएको र पीडितले राहत नपाएकाले वर्तमान सरकारले ती शर्त हटाएर पीडितलाई राहत दिनुपर्ने माग गर्नु भएको छ । सांसद ठगुन्नाले प्रधानमन्त्रीसँग महाकाली नदीमा २०७० असारमा आएको बाढीबाट पीडितलाई उपलब्ध राहत न्यून रहेकाले त्यसलाई बढाइदिन पनि आग्रह गरेका थिए ।
महाकाली बाढीपीडित विपत व्यवस्थापन संघर्ष समितिका सचिव रघुवीर ठगुन्नाले आफ्ना मागहरू प्रधानमन्त्रीलाई बुझाएका थिए । जसमा नेपाल सरकार मन्त्रिपरिषद्को वि. सं . २०७१ जेठ ८ गतेको बैठकले गरेको बाढीपीडितलाई सहुलियत दरको ऋण दिनेसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न, दैवीप्रकोप पीडित परिवारका सदस्यहरूलाई रोजगारीको व्यवस्था गर्न, महाकाली बाढीपछि देशका विभिन्न जिल्लामा भएको दैवी प्रकोपमा परेका पीडितहरूलाई नेपाल सरकारले उपलब्ध गराए सरह अनुदान सहयोग उपलब्ध गराउन माग गरिएको छ । यस्तै महाकाली बाढीपीडितहरूलाई सहयोग उपलब्ध गराउने उद्देश्यले केन्द्रीय दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री कोषमा जम्मा हुन गएको रकम हालसम्म पनि बाढीपीडितहरूलाई उपलब्ध नभएको हुँदा उक्त रकम तत्काल उपलब्ध गराउन माग गरिएको समितिका सचिव रघुबीरसिँह ठग्ुन्नाले बताउनु भएको छ ।
महाकाली बाढी पीडित विपद् व्यवस्थापन संघर्ष समितिले यसअघि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि ज्ञापन पत्र बुझाएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य