पार्टी कै कार्यकर्ताको रुपमा काम गरे जनताले सराप्नेः नगर प्रमुख धामी 

दार्चुला समाचार,,
शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीले जननिर्वाचित प्रतिनिधिहरुले पार्टी कै कार्यकर्ताको रुपमा काम गरे जनताले सराप्ने बताउनु भएको छ ।
निर्वाचित प्रतिनिधिहरुले पार्टी कार्यकर्ताभन्दा माथि उठेर जनताको लागि काम गर्नु पर्ने बताउँदै प्रमुख धामीले गाउँ ठाउँको बिकासका लागि प्रतिबद्ध रहनु पर्ने आग्रह गर्नु भएको हो । नगरपालिकामा आयोजना गरिएको स्थानीय सरकारमा मिडियाको भूमिका विषयक कार्यक्रममा सम्बोधन गर्दै प्रमुख धामीले नगरपालिकाले प्रत्येक वडामा २ पटक बैठक बस्ने गरेको जानकारी गराउनु भएको छ । उहाँले कुनै बिचारको पछि नलागेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा मिडिया कार्यदलले ल्याएको प्रस्ताव आवश्यक रहेको भन्दै प्रमुख धामीले नगरपालिकाका क्षेत्रमा पहुँच पुर्याउन सक्ने गरी सञ्चार माध्यमको स्थापना गर्न आग्रह गर्दै यसका लागि आफूले सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका प्रवक्ता माधवप्रशाद भट्टले नगरपालिकाको सञ्चार माध्यमसँग समन्वय हुन नसकेको र दार्चुलाका एफएमहरुले नगरपालिका क्षेत्रमा सेवा बिस्तार गर्न नसकेकाले आफूहरु बाध्यभएर बैतडीका सञ्चारमाध्यमसँग नजिकिनु परेको बताउनु भयो । कार्यक्रममा नगरपालिकाका तर्फबाट सुशासनका लागि गरिने सबै कुराहरु पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै भोलि मात्रै बहाली गर्ने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले सुचना अधिकारी तोक्ने, नगरपालिका र सबै वडामा सुचनापाटीको व्यवस्था गर्ने र प्रत्येक महिना वजेट सार्वजनिक गर्ने बताउनु भयो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य