नेपाल कम्युनिष्ट पार्टीको दार्चुलामा जिल्ला जनसभा,, झण्डा हातमा बोकेर बालबालिकाहरु पनि ¥यालीमा सहभागि ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलामा निकै लामो समयपश्चात् नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनसभा भएको छ । नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आज जिल्ला जनसभाको आयाजना गरिएको हो ।
यसअघि निर्वाचनका बेला खोजी खोजी थुनिएका नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि दार्चुलाको आयोजनामा केन्द्रिय सामना परिवारको सांगीतिक प्रस्तुती एवं जिल्ला जनसभाको आयोजना गरिउको हो । नेपाल कम्युनिष्ट पार्टीद्धारा सञ्चालित संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तरगत दार्चुला जिल्लामा जनसभाको आयोजना गरिएको अनेरास्वयु अखिल क्रान्तीकारी महाकाली इन्चार्च विरेन्द्र शाहले जानकारी दिनुभयो ।
नेत्र विक्रम चन्द विप्पल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आतंकारीका रुपमा भ्रम फैल्याइएकाले त्यो भ्रमलाई चिर्न सुदूरपश्चिमका जिल्लाहरुमा कार्यक्रम गर्न गर्न लागिएको नेकपा पोल्युटब्युरो सदस्य ओम प्रकाश पुनले बताउनु भयो । विप्लप माओबादीलाई आंतक फल्याउने पार्टी, बम बर्साउने पार्टी भन्दै जनताहरु माझ फैल्याइएको भ्रमलाई हटाउन जिल्ला जिल्लामा जनसभा गर्न लागिएको पोलिट ब्युरो सदस्य पुनले बताउनु भयो । पोल्युटब्युरो सदस्य पुनले नेपालको कम्युनिष्ट आन्दोलन प्रतिक्रान्तिको सिकार भएको, दलाल पूँजिवादी व्यवस्था सुरु भएको कुरा आम नागरिकलाई जानकारी गराउन र पार्टीले हिंसात्मक गतिबिधि थालेको आरोप लाग्न लाथेकोले आफ्नो पार्टीका बिरुद्ध गरिएको प्रचारको चिरफार गर्न आफूहरु दार्चुला पुगेको बताउनु भयो ।
नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनतासम्म पुग्न नदिने षड्यन्त्र रचिएको नेकपा केन्द्रिय सदस्य देबीदत्त पाण्डेले बताएका छन् । यस्ता विभिन्न भ्रम र षड्यन्त्रलाई चिर्दै जिल्ला जिल्लाका जनताहरु माझ पुगेको केन्द्रिय सदस्य पाण्डेको भनाई छ ।
विहान दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा ¥याली निकालेर नेपाल कम्युनिष्ट पार्टीले खुलामञ्चमा विभिन्न सांगीतिक कार्यक्रम सहित जिल्ला जनसभाको आयोजना गरेको हो । विहान निकालिएको ¥यालीमा साना बालबालिकाहरुदेखि १६÷१७ वर्षिय बालिकाहरु समेत सहभागि भएका थिए । नेपाल कम्युनिष्ट पार्टीको चिन्ह हसियाँ हतौँडा अंकित रातो झण्डा बोकेर करिब ७÷८ वर्षीय बालबालिकाहरु समेत ¥यालीमा सहभागि भएका थिए । कतिपय आमाहरु साना बालबालिकाहरु बोकेर नेपाल कम्युनिष्ट पार्टीको ¥यालीमा सहभागि भएका थिए । ¥यालीमा संसदीय व्यवस्था मुर्दाबाद, नक्कली कम्युनिष्ट मुर्दाबाद जस्ता नाराहरु लागइएका छन् ।
बालबालिकाहरुलाई राजनीतिक दलहरुले प्रयोग गर्दा चर्काे आलोचना हुने गरेका बेला दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी माओबादीले बालबालिकाहरुलाई ¥यालीमा सहभागि गराएको छ । ¥यालीमा सहभागिहरुमध्ये बढी जसो १८ वर्ष मुनिका बालबालिकाहरु सहभागि रहेका थिए ।
¥याली पश्चात् जिल्ला सदरमुकाम खलंगा स्थित खुला मञ्चमा जनसभाको औपचारिक उद्घाटन गरिएको थियो । नेकपाका जिल्ला इन्चार्ज रमेश नेपालीको अध्यक्षता एवं नेकपा पोल्युटब्युरो सदस्य ओमप्रकाश पुनको प्रमुख आतिथ्यतामा जनसभाको आयोजना गरिएको हो । यस्तै नेकपा केन्द्रिय सदस्य देविदत्त पाण्डे, महिला नेतृ ममता सुबेदी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री