महिला नेतृत्व विकासको नायक बन्दै ट्रोसा, परिचय दिन अप्ठेरो मान्ने महिलाहरु समाजिक रुपान्तरणमा सक्रिय ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दक्षिण एसियाली अन्तरदेशीय सीमावर्ती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) ले महिलाहरुको नेतृत्व विकासमा महान् भूमिका खेलेको पाइएको छ । संकल्प दार्चुला अन्तरगत सञ्चालित दक्षिण एसियाली अन्तरदेशीय सीमावती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना परियोजनाले महिलाहरुको ठुलो परिबर्तन गरेको छ ।
सकल्प दार्चुलाद्धारा सञ्चालित ट्रोसा परियोजनाले नदी महाकाली नदी किनारमा बसोबास गर्ने महिलाहरुको क्षमता विकास तथा नेतृत्व गर्ने क्षमतामा बृद्धि गर्ने उद्देश्यले महिला सशक्तीकरण केन्द्र गठन गरिरहेको छ । अक्सफामको आर्थिक सहयोग एवं संकल्प दार्चुलाको सहयोगमा दार्चुला जिल्लाको लेकम र दुहूँ क्षेत्रमा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने महिलाहरुको सहभागिता महिला सशक्तीकरण केन्द्र गठन गरिएको संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनु भयो । दार्चुलाको सीमावर्ती क्षेत्र जौलजीवि, दत्तु र धौलाकोटको तिग्रम टोलमा लगायतका सीमावर्ती समुदायमा महिला सशक्तीकरण केन्द्र गठन गरी महिला नेतृत्व क्षमता विकास गर्न लागिएको संकल्प दार्चुलाका कार्यक्रम संयोजक जोशीले बताउनु भयो ।
यस्तै व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटको तिग्रममा गठन गरिएको भूमिराज महिला सशक्तीकरण केन्द्रका अध्यक्ष नन्दा कुवँरका अनुसार पहिले र अहिलको महिलाहरुको अवस्था निकै परिवर्तन भएको छ । सुरुमा अपरित व्यक्तिहरुसंग, आफू भन्दा ठुलाहरुसंग बोल्न समेत आँट नगर्ने महिलाहरु अहिले विभिन्न योजनाहरु माग गर्न तथा समस्याहरुका बारेमा बताउन सक्ने क्षमताको विकास भएको सहसचिव शिवा कुवँरले बताउनु भयो ।
सशक्तीकरण केन्द्र गठन पूर्व घरपरिवारबाट समेत असयोग हुने गरेकोमा पछिल्लो समय भने घरपरिवारबाट समेत सहयोग मिल्ने गरेको महिला सशक्तीकरण केन्द्रका सदस्य कलावती कुवँरले बताउनु भयो । “ट्रोसा कार्यक्रम नआएको भए हामीहरुकोे अहिले पनि पुरानै दिनमा हुन्थ्यौ, यो कार्यक्रमले थुप्रै कुरा सिकाएको छ ।” अध्यक्ष नन्दा कुवँरले भन्नु भयो । अहिले वडामा गएर योजनाहरु समेत माग गर्न सक्ने भएको केन्द्रका कोषाध्यक्ष राजमती भट्टले जानकारी दिनुभयो ।
यति मात्रै नभई समुदायमा अड्किएका समस्याहरु समेत सम्बन्धित निकाय सम्म तथा स्थानीय सरकारलाई भन्ने सक्ने क्षमताको विकास भएको महिलाहरुको भनाई छ । २०७४ मंसिर २४ गते स्थापना भएको भूमिराज महिला सशक्तीकरण केन्द्रका संगठित महिलाहरुमा अहिले आफ्ना अधिकार र कर्तब्यप्रति सचेत भएका छन् । विभिन्न सामाजिक समस्याहरुलाई सुल्झाउन पनि उक्त केन्द्र गठनले सहज पु¥याएको उनीहरुको धारणा छ । 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली