सीमा नाकामा नेपालीहरुलाई सामग्री ढुवानीमा समस्या, दुबैतिर महिला प्रहरीको व्यवस्था गर्न माग ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल–भारत सीमा नाकामा नेपाली नागरिकहरुलाई समस्या हुने गरेको छ । नेपालीहरुको मुख्य बजार क्षेत्र भारत भएकाले पनि भारतबाट समान ढुवानीमा समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।
मुख्य गरी व्याँस क्षेत्रका स्थानीयहरुले भारतबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले भारतबाट समान ढुवानी गर्न समस्या भएको व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटका स्थानीय नन्दा कुवँरले जानकारी दिनुभयो । पछिल्लो समय निर्माण गरिएको नेपाल–भारत जोड्ने तिग्रम पुलमा आवत् आवत् तथा सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको कुवँरको गुनासो छ । सीमा नाकामा भन्सार स्थापना गर्न सकिए नागरिकहरुलाई आवत् जावत् गर्न समेत सहज हुने स्थानीयहरुको अपेक्षा छ । भन्सार नहुदाँ समेत झन् समस्या भएको धौलाकोट तिग्रमका स्थानीय नन्दा कुवँरले बताउनु भयो ।
यसरी भन्सार कार्यालय स्थापना गर्न नसकिदाँ नेपालको लाखौँ राजस्व गुमिरहेको छ । भारतसंग जोडिएका दार्चुला जिल्लामा मात्रै ५ ओटा नाकाहरु रहेका छन् । यसअघि ४ ओटा नाका सञ्चालनमा रहेको भएपनि अब लेकमको लालीमा पुल निर्माण सम्पन्न भएसंगै अन्तर्राष्ट्रिय नाकाको संख्या ५ पुगेको हो । लाली पुल केही दिनमै सञ्चालन गर्ने तयारी भइरहेको छ । खलंगा, दत्तु, जौलजीवि र तिग्रममा भने यअसघि देखि नै सञ्चालनमा रहेका छन् ।
जिल्ला सदरमुकाम खलंगा क्षेत्रसम्म आवत् जावत् गर्न भारतको बाटो प्रयोग गर्न बाध्य व्याँस क्षेत्रका स्थानीयहरुले भरतीय सुरक्षाकर्मी सीमा सशस्त्र बल(एसएसबी) को दुःख समेत झेल्नु परेको स्थानीय गायत्री कुवँरले बताउनु भयो । जिल्ला सदरमुकाम खलंगासम्म आउन स्वदेशको भूमि भएर आउन बाटो समेत नहुदाँ झन् समस्या भएको हो ।
सीमा क्षेत्रमा हिन्दी भाषा बोल्न नसक्ने नागरिकहरुलाई समेत झन् समस्या हुने गरेको स्थानीय कलावती धामीले गुनासो गर्नु भयो । भारतीय नागरिक नेपालमा आएर समेत हिन्दी भाषा बोल्ने गरेको र नेपालीहरुले हिन्दी भाषा बोल्नु पर्ने बाध्यताले समेत नेपाली नागरिकहरु झन् मर्कामा परेको धामीको गुनासो छ । भारतका उच्च अधिकारीहरु समेत नेपालमा आउदाँ समेत नेपाली नबोल्ने तर नेपाली अधिकारीहरु समेत भारतीय अधिकारीहरुसंग हिन्दी भाषा बोल्नु पर्ने बाध्यता छ । सो समस्याले सीमा क्षेत्रमा गाउँघरका नागरिकहरु बढी समस्यामा पर्ने गरेको धौलाकोटका स्थानीय ममता कुवँरले गुनासो गर्नु भएको छ । 
यस्तै दैनिक उपभोग्य सामग्रीहरु समेत भारतीय बजार क्षेत्रबाट ल्याउनुपर्ने भएकाले भारतीय सुरक्षाकर्मी एसएसबीको टोकेसो सहनु परेको स्थानीय शिवा कुवँरले बताउनु भयो । हिन्दी भाषा बोल्न नसक्ने गाउँका नागरिकहरुलाई भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको स्थानीयहरुको गुनासो छ ।
यस्तै सीमा नाकाहरुमा दुबैतिर महिला प्रहरीको व्यवस्थाका लागि माग गरेका छन् । महिला प्रहरी नहुदाँ सीमा नाकामा चेकजाँचका बाहानामा महिला हिंसा हुने गरेको भन्दै नेपाली महिलाहरुले दुबैतिर महिला प्रहरीको माग गरेका हुन् । दार्चुला जिल्ला सदरमुकाम खलंगा स्थित पुलघाँटमा दुबैतिर महिला प्रहरीको व्यवस्था भएपनि अन्य नाकाहरुमा भने महिला प्रहरीको व्यवस्था गर्न नसकिदाँ महिलाहरुलाई समस्या हुने गरेको महिलाहरुको गुनासो छ ।
यसअघि महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु सीमा क्षेत्रका नागरिकहरुले महिला प्रहरकिो मा गरेका थिए । पछिल्लो सयम केही दिनअघि व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोट सीमा क्षेत्रका महिलाहरुले महिला प्रहरी व्यवस्था लगायतका सीमा नाकामा आवत् आवत् गर्दा सहज बातावरण सृजनाको माग गरेका थिए ।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को