बारिल–लटीनाथ–बजानी–रिल राष्ट्रिय प्रशारण लाईन तान्ने काम सकियो, ३/४ वर्ष पहिले लाईन तानिएको शेरी अझै अन्धकार ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको बारिल–लटीनाथ–बजानी–रिल राष्ट्रिय प्रशारण लाईन तान्ने काम सकिएको छ । चालु आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाद्धारा सञ्चालित विद्युत् लाईन तान्ने काम सकिएको हो ।
बारिल–लटीनाथ–बजानी–रिलसम्मको राष्ट्रिय प्रशारण लाइन तान्ने काम सम्पन्न भइसकेको लटीनाथ एण्ड जोशी निर्माण सेवाका सञ्चालक खेमराज जोशीले बताउनु भयो । चमेलिया जलविद्युत् आयोजनाको विद्युत् गृह बलाँचको बारिलहुदै, ड्यामसाइट, नलबगड, लटीनाथ, बजानी तथा रिलसम्म राष्ट्रिय प्रशारण लाईन तान्ने काम सम्पन्न भएको उ    क्त निर्माण सेवाका सञ्चालक जोशीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षबाट विद्युतीकरण गर्न लागिएको उक्त क्षेत्रमा विद्युत लाईन तान्ने काम लटीनाथ एण्ड जोशी निर्माण सेवाले जिम्मेवारी पाएको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै निर्माण कार्य सञ्चालन गरिएपनि भनेको समयमा विद्युतीय सामग्रीहरु उपलब्ध नहुदाँ ढिलाई भएको सञ्चालक जोशीले बताउनु भयो । “भनेकै समयमा विद्युतीय सामग्री उपलब्ध भएको भए यसअघि नै विद्युत लाईन तान्ने काम भई बत्ती बलिसक्थ्यो” लटीनाथ एण्ड जोशी निर्माण सेवाका सञ्चालक जोशीले भन्नु भयो । प्राय सबैजसो विद्युतीय सामग्रीहरु जिल्लाबाहिरबाट मगाउनुपर्ने भएकाले केही समय लागेको उहाँले बताउनु भयो । विगतका वर्षहरुमा आर्थिक वर्ष सकिन लाग्दा समेत विकास निर्माणका योजनाहरु नहुने गरेका बेला चालु आर्थिक वर्षको ६ महिना नबित्दै उक्त विद्युत् लाईन तान्ने काम सकिएको हो । उक्त निर्माण सेवाको निर्माण गर्ने कार्य शैलीले पछिल्लो समय विकास निर्माण गर्ने शैली परिबर्तन भएको संकेत गरेको छ । मुख्य गरी आर्थिक वर्षको असार मसान्ततिर कामको चटारो हुने गरेका बेला आर्थिक वर्ष सकिन ६ महिना बाँकी छदै विद्युत् लाईन तान्ने कार्य सम्पन्न भएको सञ्चालक जोशीले बताउनु भयो । अझै विद्युतीय सामग्रीहरु सामग्रीहरु उपलब्धता सहज भएको भए यो भन्दा पनि छिटो काम सम्पन्न हुने सञ्चालक जोशीको भनाई छ । लटीनाथ एण्ड जोशी निर्माण सेवाले गरेको यो कार्यले विगतमा विभिन्न विकास निर्माणका योजनाहरुको जिम्मेवारी पाएका ठेकेदारले लापरबाही गर्ने कुरा स्पष्ट गराएको छ ।
बारिल–लटीनाथ–रिल–बजानी राष्ट्रिय प्रसारण लाईन तान्ने कार्य सम्पन्न भएपछि पुष १० गते लाईन परिक्षण समेत गरिएको नेपाल विद्युत प्राविधिकरण वितरण केन्द्र दार्चुलाका प्राविधिक केशब विष्टले बताउनु भयो । लटीनाथ बजारदेखि रिल–बजानीसम्मको राष्ट्रिय प्रशारण लाईन तान्ने काम सम्पन्न भइसकेको प्राविधिक विष्टले बताउनु भयो । 
यसअघि पौष २ गते मार्मा गाउँपालिकाको कार्यालयसम्मको विद्युत् लाईन परिक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले जानकारी दिनुभयो । बलाँच–लटीनाथ राष्ट्रिय प्रशारण लाईन चार्ज सफल भएपछि लटीनाथ बजार देखि रिल–बजानी क्षेत्रको विद्युत लाईन परिक्षण गरिएको हो । उक्त लाईन परिक्षण कार्य पनि सफल भएकाले ग्राहकहरुले मिटर जडान गरे विद्युत बाल्न सकिने अवस्था रहेको प्राविधिक केशब विष्टले जानकारी दिनुभयो । यस्तै मार्मा गाउँपालिकाको कार्यालयमा पनि मिटर जडान गरे तत्काल विद्युत लाईन छोड्न सकिने अवस्था रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
ड्याम साइट नजिकैको शेरी अझै अन्धकार
चमेलिया जलविद्युत् आयोजनाबाट प्रभावित साविकको शेरी गाविसमा भने अझै पनि अन्धकार नै रहेको छ । ड्यामसाइट रहेको शेरी गाविसमा अहिलेसम्म विद्युत सेवा पुग्न नसेकेको शेरीका स्थानीयहरुले गुनासो गरेका छन् ।
चमेलिया जलविद्युत् आयोजनाबाट प्रभावित साविकका गाविसहरु शिखर, शेरी र लटीनाथ तथा बैतडीको कोटपेट्टरा र रुद्रेश्वर हुन् । साविकको शिखर गाविसका विभिन्न बस्ती, कोटपेट्टरा र रुद्रेश्वर गाविसका विभिन्न बस्तीहरु विद्युत् सेवाले छोएपनि ड्याम साइट नजिकै रहेको शेरी गाविसमा भने तत्काल बत्ती बल्ने छाँटकाँट निकै कम रहेको छ । ३÷४ वर्ष पहिले शेरी गाविसको घोराडे, परिवन तथा तिम्लाडेरा लगायतका बस्तीमा सिंगल फेजको लाईन तानेर स्थानीयहरुको आक्रोशलाई मथ्थर गर्न खोजिएको थियो तर बत्ती अहिलेसम्म बाल्न सकिएको छैन ।
विभिन्न क्षेत्रबाट विद्युत बाल्न पाइने आश्वासन बाहेक शेरीका स्थानीयहरुले अहिलेसम्म विद्युत सेवा पाउन सकेका छैनन् । जहाँ ३÷४ वर्ष पहिले विद्युत लाईन तानिएको थियो । उक्त विद्युत लाईन स्थानीयहरुको आक्रोशलाई कम गर्नको लागि बाहेक अन्य कुनै विकल्प नदेखिएको शेरीका आक्रोशित स्थानीय शेरसिँह कोट्टारीले बताउनु भयो । “३÷४ वर्ष पहिले विद्युत लाईन तानिएको क्षेत्रमा बत्ती बलेन अन्य ठाउँमा विजुली बाल्ने कार्य अन्तिम चरणमा पुगी सक्यो, के यो सरकारले विद्युत सोव पु¥याउन खाजेकै हो त” प्रश्न गर्दै शेरीका जगत डडालले भन्नु भयो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरण कार्य अगाडी बढाएपनि बढी प्रभावित क्षेत्रलाई बाइपास गरेको विद्युतीकरण गरेको आरोप शेरीका स्थानीयहरुको छ । प्राधिकरणले मर्म र आबश्यकतालाई नबुझे आन्दोलन बाटो तताउने बेला आएको शेरीका स्थानीयहरुको चेतावनी छ । 
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन