शिक्षकहरुलाई दरबन्दीे सरहकै सुविधा उपलब्ध गराउछु : मार्मा गाउँपालिका अध्यक्ष धामी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
मार्मा गाउँपालिका अध्यक्ष जनमसिँह धामीले शिक्षकहरुलाई दरबन्दी वा सो सरहकै सेवा सुविधा उपलब्ध गराउने बताउनु भएको छ ।  शैक्षिक सुधार कार्यविधि अन्र्तगत नियुक्त भएका शिक्षकहरुलाई दरवन्दी वा सो सरहकै सेवा सुविधा उपलब्ध गराउने गाउँपालिका अध्यक्ष धामीले प्रतिबद्धता जनाउनु भएको छ ।
मार्मा गाउपालिका वडानम्बर स्थित अपिपथप्रदर्शक मावि शेरीको ४६ औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धामीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । समग्र मार्मा गाउपालिकाको शिक्षा क्षेत्रको विकासका लागि निकट भविष्यमै शिक्षा ऐन नियमावली जारी गर्ने अध्यक्ष धामीले बताउनु भएको छ ।
त्यस्तै मार्मा क्षेत्रको विकासका लागि स्थानीय सरकार लगायत प्रदेश सरकार र संघीय सरकारसंग सहकार्य गरेर अगाडी बढ्ने उहाँको भनाई छ । कार्यक्रमका शिक्षा नै विकासको मेरुदण्ड भएकोले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेर गाउँपालिकाले अन्य विकास निर्माण गरिने अध्यक्ष धामीको भनाई थियो ।