स्थानीय तहलाई ४ समूहमा वर्गीकरण,, दार्चुलाका ७ स्थानीय तह अति दुर्गममा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल सरकारले देशभरीका स्थानीय तहलाई विभिन्न ४ समूहमा वर्गीकरण गरेको छ । हाल जिल्लागत रुपमा छुट्याइएको वर्गीकरणलाई सरकारले अब स्थानीय तहका आधारमा वर्गीकरण गरेको हो ।
नेपाल सरकारले देशभरीका ७ सय ५३ ओटै स्थानीय तहलाई अति दर्गम ‘क’ वर्गमा, दर्गम ‘ख’ वर्गमा, मध्यम ‘ग’ र सुगम ‘घ’ वर्ग गरी ४ समूहमा वर्गीकरण गरेको छ । सरकारले वर्गीकरण अनुसार क वर्गमा अर्थात् अति दुर्गममा १ सय ६२ स्थानीय तह, ख वर्गमा २ सय १८, ग वर्गमा २ सय ७५ र घ वर्गमा ९८ स्थानीय तह परेका छन् । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यातायातको सुविधा, प्रदेश राजधानी देखिको दुरी, जिल्ला सदरमुकामदेखिको दुरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, सञ्चार सेवा, विद्युत सेवा लगायतका आधारमा स्थानीय तहको वर्गीकरण गरेको हो । यस्तै मानव विकास सुचकांक, भौगोलिक अवस्थित र स्थानीय तहको स्तर लगायतका आधारमा सूचक निर्धारण गरि वर्गीकरण गरिएको हो ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ ओटै जिल्ला समन्वय समितिलाई स्थानीय तहहरको अवस्था यी सूचकहरुमा आधारित रहेर विवरण पठाउन निर्देशन गरेको थियो । जिल्ला समन्वय समितिले उपलब्ध गराएको उक्त विवरण अनुसार ने स्थानीय तहको वर्गीकरण गरिएको हो ।
यसैबीच  दार्चुलाका ९ ओटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तह सुगममा परेका छैनन् । दार्चुलाका ७ स्थानीय तह अति दुर्गममा ‘क’, एउटा स्थानीय तह दुर्गम ‘ख’ र एउटा मध्यम वर्ग ‘ग’मा परेको छ । अपिहिमाल गाउँपालिका, व्याँस गाउँपालिका, नौगाड गाउँपालिका, दुहूँ गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका पनि अति दुर्गम क वर्गमा राखिएको छ । यस्तै मालिकार्जुन गाउँपालिका दुर्गम अर्थात् ख वर्गमा र महाकाली नगरपालिका मध्यम ‘ग’ वर्गमा विभाजित गरिएको छ । 
वर्गीकरणका आधारमा स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारी व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र बृत्तिविकासमा टेवा पुग्ने अनुमान गरिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए एकहप्ताभित्र उजुरी गर्न आग्रह गरेको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली