दार्चुलामा दुई पटक भूकम्पको धक्का महसुश ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलामा दुई पटक भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार बेलुकी करिब साढे छ बजेतिर र राती १० बजेतिर भूकम्पको धक्का महसुश गरिएको हो । 
राती १० बजेर १ मिनेटमा दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट २९ किलोमिटर टाढा उत्तरपश्चिम भारती क्षेत्र केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । १० बजेर १ मिनेट जाँदाको भूकम्पीय धक्का मापन गरिएपनि  बेलुकी साढे ६ बजेतिरको भूकम्पीय झट्का मापन गर्न सकिने भन्दा कम रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । मापन गर्न सकिने भन्दा कम रेक्टर स्केलको भएकाले साढे ६ बजेतिरको भूकम्पीय धक्का मापन गर्न नसकिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 
दार्चुलामा यसरी बेला बेला भूकम्पीय धक्का महसुश हुने गरेको छ । भूकम्पीय दृष्टिकोणले दार्चुला उच्च जोखिममा रहेकाले सतर्क रहनु पर्ने जानकारहरुको भनाई छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य