हात्तीपाइले प्री–टास र टासमा दार्चुला सफल,, दार्चुला लगायत सुदूरपश्चिमका ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी नखुवाइने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला लगायत सुदूरपश्चिमका सात जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान कार्यक्रम सञ्चालन नगरिने भएको छ । सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुरा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन नगरिने जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी शिवराज सुनारले जानकारी दिनुभयो ।
२०६८ सालदेखि दार्चुला लगायतका विभिन्न जिल्लामा हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन अभियान सञ्चालन गरिएको थियो । हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत ६ चरणमा पूरा गरेपछि प्री–टास र टास गर्ने गरिन्छ । उक्त प्री–टास र टासमा दार्चुला जिल्ला लगायत सुदूरपश्चिमका सात जिल्ला सफल भएकाले अब हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गर्न नपर्ने भएको जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटी अन्तरगतका दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम, डोटी र डडेल्धुरामा गत भदौँ र असोज महिनामा ट्रान्समिसन एसेसमेन्ट सर्भे अर्थात् टास गरिएको थियो । प्री–टास सफल भएको यी जिल्लाहरुमा टास गर्दा पनि नेगेटिभ अर्थात् हात्तीपाइले रोगको कुनै शंका नदेखिएपनि हात्तीपाइले रोग निवारण कार्यक्रम बन्द गर्न लागिएको जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले बताउनु भयो । “अब दार्चुलामा हात्तीपाइले रोगको कुनै शंका छैन, त्यसैले दार्चुलामा अब हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी सेवन कार्यक्रम सञ्चालन नगरिएको भएको हो ।” जिल्ला जनस्वास्थ्य अधिकृत जोशीले भन्नु भयो ।
६ वर्षको अवधिमा ६ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिएकाले प्री–टास र टास गरिएको हो । यसरी टासमा दार्चुला लगायतका सुदूरपश्चिमका ७ जिल्लामा नेगेटिभ देखिएकाले हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रम सञ्चालन नगर्न स्वास्थ्य निर्देशनालय डोटीले परिपत्र गरेको हो । उक्त कार्यक्रम सञ्चालन गर्न नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पत्रानुसार स्वास्थ्य निर्देशनालय दार्चुला लगायत सातै ओटै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ ।
स्वास्थ्य निर्देशनालयले पुष नौ गते नै सात ओटै स्वास्थ्य कार्यालयलाई पत्राचार गरी हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत विनियोजन गरिएको बजेट समेत खर्च नगर्न निर्देशन दिएको छ । जिल्लाका सबै स्थानीय तहमा यस्तो कार्यक्रम अन्तरगत विनियोजित बजेट समेत खर्च नगर्न जानकारी गराउन स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली