नेपाल शिक्षक संघका गाउँपालिका अध्यक्षले गरे संघ परित्याग,, नेकपा निकट शिक्षक संगठनमा प्रबेश ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नपाली कांग्रेस निकट नेपाल शिक्षक संघका एक गाउँपालिका समिति अध्यक्षले नै संघ परित्याग गरेका छन् । नेपाल शिक्षक संघ मार्मा गाउँपालिका अध्यक्ष प्रेमसिँह डडालले नेपाल शिक्षक संघ परित्याग गरेका हुन् ।
नेपाल शिक्षक संघ मार्मा गाउँ कार्य समिति अध्यक्ष प्रेमसिँह डडालले शनिबार नेकपा निकट शिक्षक संगठनमा प्रबेश गरेका छन् । नेपाली कांग्रेस पारिवारिक पृष्ठभूमि र नेपाल शिक्षक संघ गाउँ कार्य समिति अध्यक्ष रहेका डडालले नेकपा निकट शिक्षक संगठनमा गरेको प्रबेशले नेपाली कांग्रेसलाई झट्का लागेको छ ।
राजनीतिक दलहरुको एक बलियो खम्बाको रुपमा दलैपिच्छे शिक्षक संघ÷संगठन, कर्मचारी संगठन, युनियन लगायत भातृसंगठनहरु गठन गर्ने गरेका छन् । यसरी गठन गरिएका शिक्षक संघ÷संगठन तथा कर्मचारी संगठन, युनियन लगायतले आफू निकट राजनीतिक दलहरुलाई ठुलो सहयोग पु¥याउने गरेका छन् । मुख्यगरी निर्बाचनका बेला दलका यस्ता भातृ संगठनहरुबाट आर्थिक सहयोग देखि अन्य सहयोगमा दलहरले दरिलो साथ पाउने गरेका छन् ।
एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र माओबादी निकट एकिकृत अखिल शिक्षक संगठनको संयुक्त भेलामा नेपाल शिक्षक संघ मार्मा अध्यक्ष डडालले संगठनमा प्रबेश गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन मार्माका अध्यक्ष विरेन्द्रसिँह महरले जानकारी दिनुभयो । यस्तै सल्लेधार मावि मुरैका प्रधानाध्यापक कृष्णसिँह बोहराले पनि नेकपा निकट शिक्षक संगठनमा प्रबेश गरेका छन् । नेपाल शिक्षक महासंघ गठन लगायतका विषयमा छलफल गर्न आयोजित संयुक्त भेलामा उहाँले संगठनमा प्रबेश गरेका हुन् । 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य