जीपहरुले चर्काे भाडाँ असुलेको भन्दै नागरिकहरुद्धारा प्रशासनलाई ज्ञापन,, निर्धारित भाँडा भन्दा बढी भाँडा लिने व्यवसायीहरुलाई कारबाही गर्न माग ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्लामा जीपहरुले मनपरी भाडा असुलेको भन्दै नागरिकहरुद्धारा पहिलो पटक जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । पछिल्लो समय दार्चुला जिल्लामा जीप व्यवसायीहरुले मनपरी भाडाँ असुलेको भन्दै त्यसको विरोधमा पहिलो पटक नागरिकहरुले प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रशासनले जीपहरुको पछाडीका अबैधानिक सीटहरु हटाएपछि जीप व्यवसायहरुले चर्काे भाँडा असुलेर नागरिकहरुलाई ठगी गर्ने गरेको आरोप नागरिकहरुको छ । निर्धारित सरकारी भाडा भन्दा दोब्बर तेब्बर भाँडा असुली गर्ने गरेको आरोप उनीहरुको छ । खलंगा–दल्लेख–होपरीगाड रुटमा अढाई सय रुपैयाँ लिने गरेकामा पछिल्लो सयम दोब्बर भाँडा अर्थात् पाँच सय भाँडा लिने गरेको उपेन्द्रसिँह ठगुन्नाले बताउनु भयो ।
यस्तै खलंगा– खार–होपरीगाडमा मात्रै नभई खलंगा लटीनाथ रुटमा समेत यसरी नै जीप व्यसायीहरुले दोब्बर तेब्बर भाँडा असुलेर नागरिकहरुको ढाड सेक्ने काम गरेको अर्का स्थानीय गजेन्द्रसिँह ठगुन्नाले बताउनु भयो । पढाईको शिलशिलामा दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा बस्दै आएको र घर फर्किदा विद्यार्थीहरुलाई समेत समस्या हुने गरेको ठगुन्नाको दुखेसो छ । यस्तै मुख्य बजार क्षेत्र नै खलंगा भएकाले किनमेलका लागि जिल्ला सदरमुकाम खलंगा आएका नागरिकहरुले पनि चर्काे भाडा तिर्न बाध्य भएको उनीहरुको भनाई छ । 
जिल्लाभरीका रुटहरुमा यातायात व्यवसायीहरुले लिदै आदै आएको चर्काे भाँडालाई न्यायोचित र सरकारी दररेटको आधारमा भाडा कामय गरिनुपर्ने माग नौगाडका नागरिकहरुले प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यसरी जनताहरुलाई दुःख दिने कार्य गर्ने जोसुक्कैलाई पनि यथाशिघ्र कारबाही गर्न ज्ञापन पत्र मार्फत् नागरिकहरुले माग गरेका छन् ।
यस्तै मंगलबारदेखि नै बंगाबगड–दल्लेख–सुण्डमुण्ड– धुलीगडा– होपारीगाडमा तथा मार्मा रुटमा चल्ने गाडी तथा जीपहरुको भाडादर सरकारी दररेट अनुसार व्यवस्थापन गर्न माग गरेका छन् । सिट क्षमताभन्दा बढी यात्रु बोकेको साधनहरुलाई कारबाही गर्न माग गरेका छन् । जीपहरुले ५ सीटको क्षमता भएपनि अझै क्षमता भन्दा बढी यात्रुहरु बोक्ने गरेका छन् । पछाडीका सीटहर हटाएपनि अझै जीपहरुले पछाडी पनि यात्रुहरुलाई बोक्ने गरेको नागरिकहरुको गुनासो छ ।
जीपहरुका पछाडीका अबैधानिक सीटहरु हटाएपछि जीप व्यवसायीहरुले बुकिङका नाममा चर्काे भाडा असुल्ने गरेका छन् । तर यसरी मनपरी भाडा असुल्ने जीप व्यवसायीहरु कारबाहीमा परेका उदाहरणहरु छैनन् । नागरिकहरुबाट ज्ञापन पत्र भन्दा पनि गाडी नम्बर सहित नजिकैको प्रहरी चौकीमा उजुरी आएमा प्रशासनलाई कारबाही गर्न सजिलो हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन