नेविसंघ दार्चुलाको पहिलो बैठक मालिकार्जुनमा,, नेविसंघ जिल्ला कार्यसमितिले पायो पूर्णता ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल विद्यार्थी संघ दार्चुलाको पहिलो बैठक मालिकार्जुन गाउँपालिकाको शंकरपुर क्याम्पस पस्तीमा बसेको छ । पुष १७ गते नयाँ नेतृत्व चयन गरेको नेविसंघ जिल्ला कार्यसमिति दार्चुलाको पहिलो बैठकले मालिकार्जुन गाउँपालिकाको शंकरपुर क्याम्पस पस्तीमा बसेको हो ।
झण्डै ६ वर्ष पश्चात् फेरिएको नेविसंघ दार्चुलाको नयाँ नेतृत्व चयन भएपश्चात्को पहिलो बैठकले विभिन्न निर्णय समेत गरेको छ । नेविसंघ पहिलो बैठकबाटै नेविसंघ जिल्ला कार्यसमितिलाई पूर्ण दिनुका साथै नेविसंघ प्रबक्ता समेत तोकेको छ ।
नेविसंघको विधान अनुसार १० जना मनोनित सदस्य रहनुपर्ने व्यवस्था अनुसार नेविसंघको पहिलो बैठकले १० जना मनोनित सदस्य चयन गरेको छ । उक्त बैठकले मनोनित सदस्यमा जिल्ला प्रतिनिधिहरुमध्यबाट दिपक खाती, भावाना सिंह, मञ्जु भट्ट, गणेश बडाल, विमला पाल, गोविन्द ठगुन्ना, अशोक धामी, पुस्कर नाथ, राजेन्द्र प्रसाद जोशी र नरेन्द्र बोहरा गरी जम्मा १० जना मानोनित सदस्य चयन गरेको होे । यस्तै नेविसंघले १० जना आमन्त्रित सदस्यहरु समेत आजै टुंगो लगाएको नेविसंघ जिल्ला कार्य समिति मनोनित सदस्य दिपक खातीले जानकारी दिनुभयो ।
यसरी नेविसंघको पहिलो बैठकले मनोनित सदस्यहरु र आमन्त्रित सदस्यहरु चयन गरेसंगै नेविसंघ दार्चुलाले पूर्णता पाएको छ । नेविसंघको विधान २०२७ को सातौँ संशोधन २०७५ को धारा २ (ख) बमोजिम मनोनित सदस्य, आमन्त्रित सदस्य चयन गरिएको नेविसंघ नेता खातीले बताउनु भयो । यस्तै नेविसंघको पहिलो बैठकले नेविसंघ प्रबक्ता समेत तोको छ । विभिन्न सूचना सम्प्रेशण गर्ने प्रयोजनका लागि मनोनित सदस्य दिपक खातीलाई नेविसंघ प्रबक्ता तोकेको छ ।
विगतमा नेविसंघको बैठक कांग्रेस पार्टी कार्यालय भित्र तथा जिल्ला सदरमुकाममुखी हुने गरेकाले उक्त प्रबृत्तिको अन्त्य गर्ने मालिकार्जुन गाउँपालिकामा पहिलो बैठकको आयोजना गरिएको नेविसंघ प्रबक्ता दिपक खातीले बताउनु भयो । उहाँका अनुसार जिल्लाभरीको शैक्षिक गुणस्तर उकास्न र सक्षम, सबल, संगठित र सशक्त नेविसंघ बनाउन यस्तो कार्य गरिएको हो ।
यस्तै सार्वजनिक यातायातहरुमा विद्यार्थीहरुको सहुलियतका लागि पनि पहल गर्ने निर्णय गरेको छ भने कालाबजारी, विकृति, विसंगतिका विरुद्ध सशक्त भएर लाग्ने निर्णय गरेको नेविसंघले जनाएको छ ।
यस्तै नेविसंघको जिल्ला अधिबेशन सम्पन्न गराउन सहयोग गर्ने नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडु, नेविसंघ केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि गणेश भट्टलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै कांग्रेस जिल्ला सभापति ललितसिंह बोहरा लगायत सिंगा जिल्ला कार्यसमिति, शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिँह धामी, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, व्याँस अध्यक्ष दिलिपसिँह बुढाथोकी लगायतलाई धन्यबाद ज्ञापन गर्ने निर्णय भएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य