दार्चुला महोत्सव आउन एक महिना बाँकी,, महोत्सवका लागि मूल समिति गठन, महोत्सवमा तीन करोडको कारोबार हुने अनुमान ।।

नयाँ नपाल समाचार, दार्चुला ।
दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने दार्चुला महोत्सवका लागि मूल समिति गठन गरिएको छ । मंगलवार भएको सरोकारवालाहरुको बैठकले १ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । 
ठगुन्नाको अध्यक्षतामा सरोकारवाला निकाय र पक्षको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख करवीरसिह कार्की, उपप्रमुख कृष्णसिह धामी, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसहित सरोकारवालाहरुको बैठकमा सहभागिता रहेको थियो । 
बैठकका सहभागीहरुले महोत्सवलाई सफल बनाउन सबै क्षेत्रको सक्रियता हुनुपर्नेमा जोड दिएका छन् । समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिह ठगुन्ना, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलगायतले बैठकमा मन्तव्य राखेका थिए । 
महोत्सवमा ३ करोड भन्दा वढि कारोवार हुने लक्ष्य 
दार्चुला उद्योग वाणिज्य संघको आयोजनमा आगामी माघ २५ देखि फागुन ५ गते सम्म लाग्ने महोत्सवमा ३ करोड भन्दा बढि कारोवार हुने लक्ष्य रहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको भनाई रहेको छ । १० दिनसम्म लाग्ने महोत्वसमा १५१ स्टल राखिने र उक्त स्टल लगायत दार्चुला बजारभरी गरि ३ करोड भन्दा बढि कारोबार हुने अध्यक्ष ठगुन्नाले बताउनुु भयो । त्यस्तै १ लाख ५० दर्शकले महोत्वसको अवलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुृ भयो ।  दार्चुलाको पर्यटन क्षेत्र भेषभुषा , संस्कृतीलाई देशभरी चिनाउन महोत्वस आयोजना गरिएकोले सम्पुर्ण पक्षबाट हुने सहयोग गर्न अनुरोध समेत गरेका छन् ।  त्यस्तै वैठकमा वोल्ने अधिकांस वक्ताले स्थानिय उत्पादन प्रदर्शनी र  दुहु, मार्मा र लेकमको भेषभुषा झल्कने विभिन्न प्रस्तुती गर्न सके दार्चुलाको वस्तुस्थीती झल्कने बताएका छन् । महोत्वसमा राष्ट्रिय कलाकार संगै स्थानिय स्तरमा रहेका कलाकारहरुलाई समेत मञ्चम समय दिनुपर्नेमा जोड दिनुभएको छ ।