अपी नाम्पा बचत तथा ऋण सहकारी संस्थाको आर्थिक क्रान्ती : नौ वर्षमै नौ करोड ऋण लगानी ।। 

नयाँ नेपाल समाचार, दार्चुला ।
अपी नाम्पा बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा ठुलो आर्थिक क्रान्ती गरेको पाइएको छ । नौ वर्ष नपुग्दै अपी नाम्पा सहकारी संस्था लिमिटे दार्चुलाले ९ करोड बढी ऋण लगानी गर्न सफल भएको छ ।
२०६६ फागुन १२ गते बैधानिक रुपमा अर्थात् सहकारी ऐन २०४८ को दफा ५ बमोजिम विधिवत् रुपमा दर्ता भएको अपी नाम्पा बचत तथा ऋण सहकारी संस्था दार्चुलाले नौ वर्ष नपुग्दै ९ करोड बढी ऋण लगानी गरेको संस्थाका सचिव शुक्लावती बुढाथोकीले बताउनु भयो । उक्त सहकारी संस्थाले नौ वर्ष नपुग्दै नौ करोड ३ लाख २१ हजार ७ सय २७ रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । 
सानो रकमबाट बचत गर्न बानी बसाल्ने सहकारी संस्थाहरुले पछिल्लो समय आर्थिक प्रगतिमा फड्को मार्न थालेका छन् । दार्चुला जिल्लामा पनि थुप्रै सहकारी संस्थाहरु क्रियाशील रहेका छन् । जसमध्ये अपी नाम्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नौ वर्षकै समयावधिमा नौ करोड बढी ऋण लगानी गरेको छ भने ६ करोड बढी बचत निक्षेप रहेको सहकारी संस्थाका लेखा संयोजक योगेन्द्र ऐतवालले जानकारी दिनुभयो ।
उक्त संस्थाको बचत निक्षेप मात्रै ६ करोड २४ लाख २३ हजार ६ सय ५४ रुपैयाँ २४ पैशा रहेको छ । यस्तै शेयर पुँजी १ करोड ३८ लाख ८३ हजार  ८० रुपैयाँ, जगेडा तथा अन्य कोष १ करोड ४३ लाख ३६ हजार ७ सय ५१  रुपैयाँ रहेको संस्थाले जनाएको छ ।  यस्तै नगद तथा बैंक मौज्दात ६९ लाख ९२ हजार २ य ८९ रुपैयाँ ६२ पैशा र पाउनु पर्ने हिसाब ९ लाख ३ सय २४ रुपैयाँ रहेको संस्थाका सचिव शुक्लावती बुढाथोकीले बताउनु भयो ।
अपी नाम्पा बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७४÷०७५ को कुल आम्दानी १ करोड ३२ लाख ४७ हजार ३ सय ३० रुपैयाँ ३७ पैशा रहेको छ । यस्तै जम्मा खर्च १ करोड १८ लाख ४१ हजार २ सय ३४ रुपैयाँ ३५ पैशा रहेको छ । 
झण्डै पौने तीन लाख कर 
अपी नाम्पा बचत तथा ऋण सहकारी संस्थाले झण्डै तीन लाख कर सरकारलाई बुझाएको छ । नेपाल सरकारको राजस्व आम्दानीमा अपी नाम्पा बचत तथा ऋण सहकारी संस्थाले २० प्रतिशतका दरले झण्डै पौने तीन लाख बजेट सहयोग गरेको हो ।
अपी नाम्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाले नेपाल सरकारलाई २ लाख ८१ हजार २ सय १९ रुपैयाँ २० पैशा कर बुझाएको सहकारीको प्रतिबेदनमा उल्लेख गरिएको थियो । कर अघिको संस्थाको नाफा रकम १४ लाख ६ हजार ९६ रुपैयाँ २ पैशा रहेको थियो भने कर पश्चात् संस्थालाई कुल ११ लाख २४ हजार ८ सय ७६ रुपैयाँ ८२ पैशा नाफा भएको छ ।
आर्थिक क्रान्तीमा नागरिकहरुलाई बचत  गर्न बानी बसाल्न सहयोग पु¥याउने सहकारी संस्थाले नेपाल सरकारलाई पनि कर तिरेर सरकारको राजस्व आम्दानीमा समेत टेवा पु¥याएको देखिन्छ । करोडौँको कारोबार गरी संस्थालाई समेत मुनाफा दिइरहेको छ भने अर्काेतिर सरकारको राजस्व आम्दानीमा पनि कर तिरेर सहयोग गरिरहेको छ ।
सहकारी संस्थाको नवौँ साधारण सभा 
अपी नाम्पा बचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न भएको छ । २०६६ फागुन १२ गते स्थापना भएको अपी नाम्पा संरक्षण क्षेत्रको शुक्रबार नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
अपी नाम्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाका उपाध्यक्ष बैजन्ती तिंकरीको अध्यक्षता एवं महााली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको हो । यस्तै व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु, सेयर सदस्यहरु, साधारण सदस्यहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
संस्थालाई विशिष्ट अतिथिहरु तथा प्रमुख अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको संस्थाका सदस्य प्रबेश प्रताप ऐतवालले बताउनु भएको छ ।

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन