सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गराउन संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइँदै ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन सुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोका अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक परिसरबाट सुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा देशभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिनुभयो ।
उज्यालो अनलाइनबाट सभार 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को