राष्ट्रिय  योग दिवस मनाउन मन्त्तालयको सर्कुलर ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
पछिल्लो सयम मन्त्रालयले जिल्ला स्तरमा विभिन्न दिवस तथा कार्यक्रम गर्न सर्कुलर गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई विभिन्न दिवसहरु मनाउन सर्कुलर गर्ने गरेको छ ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिलाई राष्ट्रिय योग दिवस मनाउन सर्कुलर गरेको छ । मन्त्रालयले माघे संक्रान्तीका दिन माघ १ गते योग दिवस मनाउन जिल्ला समन्वय समन्वय समितिले सर्कुलर गरेको हो । जिल्ला स्तरीय समिति गठन गरि जिल्ला स्तरमा पनि माघ १ गते भव्यताका साथ योग दिवस मनाउन मन्त्रालयले पत्र मार्फत् जिल्ला समसन्वय समिति तथा स्थानीय तह सबैलाई सर्कुलर गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको पत्राचार पश्चात् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई दिवस मनाउन सर्कुलर गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वको मूल समारोह समितिको निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । 
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन पनि सर्कुलर गरेको थियो । राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन दार्चुला जिल्लामा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला स्तरीय समिति सहित विभिन्न समिति गठन गरी तयारी थालिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ । १९९० माघ २ गतेको महाभूकम्प पश्चात् नेपालमा हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउदै आइएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य