सदरमुकाम खलंगाको विद्युतीकरणको अवस्था : स्वर्गिय राजा विरेन्द्रले उद्घाटन गरेको जलविद्यु्तका काठेपोल फेरिएनन् ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युतीय खतरा देखिएको छ । बढ्दो शहरीका कारण अव्यवस्थित बनेको महाकाली नगरपालिका क्षेत्र समेत रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युतीय खतरा उत्तिक्कै रहेको छ ।
२०७३ साल यता हालसम्म विद्युतीय करेण्ट लागेर २ जनाको मृत्य समेत भएको तथ्यांक जिल्ला प्रहरी कार्यालय दार्चुलामा रहेको छ । यसरी विभिन्न विद्युतीय जोखिम रहेको भएपनि हालसम्म विद्युतीय काठेपोलहरु भने फेर्न सकिएको छैन ।
दार्चुला जिल्लाकै पहिलो जलविद्युत् योजना निर्माण पश्चात् जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युत लाईन विस्तार गर्दा प्रयोग गरिएका विद्युतीय काठेपोलहरु अझै फरिएका छैनन् । दार्चुला जिल्लामा पहिलो पटक २०४९ तिर डुङरी जलविद्युत योजनाले राखेका विद्युतीय काठेपोलहरु अझैपनि फेर्न सकिएका छैनन् ।
२०४३ सालमा निर्माण सम्पन्न भएको डुङरी साना जलविद्युत् योजनाको उद्घाटन तत्कालिन स्वर्गिय राजा विरेन्द्र शाहले उद्घाटन गर्नु भएको थियो । स्वार्गिय राजा विरेन्द्र शाहले उद्घाटन गरेको उक्त जलविद्युत् योजनाका काठेपोलहरु अझै फेर्न सकिएको छैन । नेपालका गणतन्त्र, लोकतन्त्र जस्ता विभिन्न शासन पद्धत्तिहरु फेरिए तर स्वर्गिय राजा विरेन्द्र शाहले उद्घाटन गरेको जलविद्युत् योजनाका काठेपोलहरु भने फेर्न सकिएको छैन । सुरुमा निजी क्षेत्रको स्वामित्वमा सञ्चालन भएको डुङरी जलविद्युत् योजना २०७३ कात्र्तिक महिनामा नेपाल विद्युत् प्राधिकणलाई हस्तान्तरण गरिएको थियो ।
यसरी विद्युतीय काठेपोलहरु फेर्न नसकिदा विद्युतीय खतरा बढेको हो । झण्डै २६ वर्ष पुराना काठेपोलहरु जीर्ण बन्दै गएपछि विद्युतीय खतरा बढेको हो । अव्यवस्थित घना बस्ती रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रका कतिपय काठेपोलहरु जीर्ण बन्दै गएकाले हावाहुरी चल्दा काठेपोलहरु ढल्ने सम्भावना रहेकाले विद्युतीय खतरा उत्पन्न भएको हो । जिल्ला सदरमुकाम खलंगाका कतिपय घरहरुकै पर्खालमा छोएर विद्युतीय लाईन विस्तार गरिएको छ । यसले गर्दा पनि विद्युतीय जोखिम बढेको स्थानीयहरुको गुनासो छ । सबैभन्दा बढी जोखिम २६ वर्ष पुराना काठेपोलहरु रहेकाले यी पोलहरु फेर्नुपर्ने आबश्यकता देखिएको छ ।
१०÷१५ ओटा काठेपोलहरु फेर्ने तायरीमा रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका निमित्त प्रमुख मीनराज पन्तले बताउनु भयो । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा कति ओटा काठेपोलहरु छन् भन्ने एकिन तथ्यांक नेपाल विद्युत् प्राधिकरण वितरण दार्चुलासंग समेत छैन । सुरुमा डुङरी जलविद्युत् योजना दार्चुला विद्युत् प्रालिको व्यवस्थापनमा सञ्चालन भएकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रसंग समेत कति ओटा काठेपोलहरु छन् भन्ने बारे एकिन तथ्यांक नरहेको विद्युत् वितरण केन्द्र दार्चुलाले जनाएको छ । कति ओटा काठेपोलहरु छन् भन्ने एकिन तथ्यांक नभएपनि १०÷१५ ओटा पोलहरु फेर्न स्कीम तयार भइरहेको वितरण केन्द्र दार्चुलाका निमित्त प्रमुख मीनराज पन्तले बताउनु भयो । तत्काल जोखिम रहेको भन्ने सेवाग्राहीहरुको गुनासो आए तत्काल काठेपोलहरु फेर्ने कार्य भइरहेको उहाँले बताउनु भयो । 
१०÷१५ ओटा काठेपोलहरु फेर्ने तयारी गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र काठेपोल विस्थापित कार्यक्रम अन्तरगत बजेट भने विनियोजन गरिसकेको छैन । स्कीम समेत तयार पारि नसकेकाले बजेट विनियोजन नगरिएको वितरण केनद्र दार्चलाले जनाएको छ ।
वितरण केन्द्रले काठेपोल विस्थापितका लागि बजेट विनियोजन नगरेको भएपनि महाकाली नगरपालिकाले भने ५ लाख बजेट विनियोजन गरेको छ । विद्युत क्षेत्र सुधार शीर्षकमा महाकाली नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले बताउनु भयो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले बजेट अभाव र काम गर्न समस्या भएको भए नगरपालिका सहयोग गर्ने नगर प्रमुख भट्टको भनाई छ ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली