दार्चुलाका नौ ओटै स्थानीय तहमा बैकीङ कारोबार सुरु, बैंकिङ सेवाका लागि दुई दिन पैदल हिड्नु पर्ने बाध्यताको अन्त्य ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाका सबै स्थानीय तहमा बैंक स्थापना गर्ने कार्य सकिएको छ । पछिल्लो स्थानीय सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा जिल्लाका नौ ओटै स्थानीय तहमा बैंक स्थापना गर्ने कार्य सफल भएकोे छ ।
जिल्लाका अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकामा माछापुच्छ्रे बैंक स्थापना गरिसंगै जिल्लाका सबै स्थानीय तहमा बैंकीङ सेवा पुगेको हो । महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा स्थानीय सरकार गठन हुनु पूर्व नै बैंकीङ सेवा पुगिसेको थियो । स्थानीय सरकार गठन गर्ने बेला जिल्लाका दुई स्थानीय तहमा मात्रै बैंकीङ कारोबार गर्ने गरिन्थ्यो । मुख्य गरी बैंकीङ कारोबारका लागि जिल्लाका विभिन्न स्थानबाट झण्डै दुई दिनको पैदल यात्रा हिडेर जिल्ला सदरमुकाम खलंगा आउनुपर्ने स्थानीयहरुको बाध्यता अन्त्य हुने विश्वास गरिएको छ । जिल्लाका नौ ओटै स्थानीय तहमा बैंक स्थापना भएसंगै नागरिकहरुको बैंकिङ सेवा सहज हुने अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहराले बताए ।
स्थानीय तहमा बैंक स्थापना नहुदाँसम्म व्याँस र अपिहिमाल गाउँपालिकाका नागरिकहरुले दुईृदिनसम्म पैदल हिडेर जिल्ला सदरमुकाम खलंगा आउनुपर्ने बाध्यता रहेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकीले जानकारी दिए । व्याँस र अपिहिमाल गाउँपालिकामा हेलिकप्टरबाट बैंक सामग्रीहरु ढुवानी गरि बैंक स्थापना गरिएको हो ।
जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिका राष्ट्रिय वाणिज्य बैंक, जनता बैंक, सनरार्ई विकास बैंक, ग्रामिण विकास बैंक, मेघा बैंक, एनआईसी एसिया बैंक, नेपाल–बंगलादेश बैंक, सांग्रीला बैंक लगायतका झण्डै दर्जन जति बैंकहरु सञ्चालनमा रहेका छन् । यस्तै शैल्यशिखर नगरपालिकामा पनि जनता बैंक, महालक्ष्मी विकास बैंक तथा मेघा बैंकले समेत बैंकिङ सेवा प्रदान गरिरहेको छ । 
यस्तै दार्चुलाका गाउँपालिकामध्ये सबै भन्दा पहिले मार्मा गाउँपालिकामा सनराईज बैंक स्थापना गरिएको थियो । त्यस्तै मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंक, लेकम गाउँपालिकामा महालक्ष्मी विकास बैंक, नौगाडमा जनता बैंक र दुहूँ गाउँपालिकामा इन्भेष्टमेन्ट बैंक स्थापना गरिएको हो । हालै व्याँस र अपिहिमाल गाउँपालिकामा माछापुच्छ्रे बैंक स्थापना गरिएसंगै जिल्लाका सबै स्थानीय तहमा बैंकीय सेवा पुगेको हो ।

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन