आज माघ १ गते माघे सक्रान्ती : दार्चुला लगायत सुदूरपश्चिममा नरहरी पर्व ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
ाज माघ १ गते माघे सक्रान्ती, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नरहरी पर्व मनाइन्छ । हरेक वर्ष माघ १ गते माघे सक्रान्तीका दिन आ–आफ्नो परम्परा अनुसार नरहरी पर्व मनाउने चलन छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघ १ लाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्तिका रूपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाउने गरिन्छ ।
विभिन्न जिल्लामा आजको दिनलाई माघी पर्वका नामले मनाउने गरेपनि दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा नरहरी पर्वका नामले मनाउने चलन छ । आज विहानै नजिकैको पानी तलाउ, धारा पोखरी, वा नदीमामा गई नुहाउनै पर्ने भन्ने चलन छ । आज नुहाएमा शरिरमा भएका विभिन्न छाला सम्बन्धी रोग ब्याधी नष्ट भएर जाने जन विश्वास रही आएकाले आज विहान अनिवार्य रुपमा नुहाउने चलन रहेको छ ।
दार्चुलाका विभिन्न नदी तलाउ, धाराहरुमा नुहाउने भक्तजनहरुको भीड लाग्ने गरेको छ । यस्तै श्रीबगड तातोपानी, तपोवन लगायतका विभिन्न तीर्थस्थलमा पनि स्थान गर्ने भक्तजनहरुको भीड लाग्ने गरेको छ । विहानै स्नान गर्दा “नरहरी नयाँ, पुरानो पैयाँ” वाक्यांश सबैले वाचन गर्ने गरेका छन् । विहानै नुहाएर पुष महिनामा पकाएको अर्थात् पुष मसान्तमा पकाएको खानेकुरा माघ १ गते माघे सक्रान्तीका दिन कागलाई दिने प्रचलन रही आएको छ । कागलाई दिइने उक्त खानेकुराहरुलाई ‘फलार’ भन्ने चलन छ । साना केटाकेटीरुले कागलाई फलार दिदाँ “पुषको पाक्य माघमा खाक्य” अर्थात् “का कौवा का का, पुष पकाया माघ खाई झा” जस्ता आफ्नै चलन अनुसार कागलाई बोलाउने चलन छ । धर्मशास्त्र अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्ट बताउटन । आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरी आज सार्वजनिक विदा समेत दिएको छ ।
माघ महिना सुरु भएसंगै चिसो पनि कम हुदै जाने जन विश्वास गरिन्छ भने माघ महिनालाई धर्मी महिनाको रुपमा समेत लिने गरिन्छ । माघ महिना भरी मासु, अण्डा जस्ता मासुजन्य खानेकुराहरु बार्ने चलन समेत छ । यस्तै माघ महिनालाई मंसिर पछिको दोस्रो लगनको महिनाको रुपमा पनि लिइन्छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य