मेलिनाले कसलाई भनिन् राजा बनाउँला । 

समाचार ,,
पाश्र्वगायनमा जमेकी गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार दिपेन्द्र थिङको सँगीतमा नयाँ गीत दिलमा सजाउला सार्वजनिक भएको हो । लामो समयदेखि प्रतिक्षा गरिएको गीतको भिडियो शुक्रबार युटुबमा सार्वजनिक गरिएको हो । संगीतकार को रुपमा स्थापित हुने क्रममा रहेका उनले यस गीतबाट दर्शक स्रोताको माया पाउने बिश्वास लिएका छन । आफुले धेरै मिहेनत र लामो समय को प्र्रतिक्षापछि सार्वजनिक गरिएकाले दर्शक तथा स्रोताको लागि गीत बिशेष लाग्ने उनको भनाई छ ।

रोमान्टिक शब्दहरुले भरिएको गीतमा मेलिनासँगै सुगम संगीतका प्रखर गायक सुमन केसीको स्वर छ । गीत दिपेन्द्र खड्काले लेखेका हुन । गीतको भिडियोमा चल्तीका मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अनस्कृन रोमान्स देख्न सकिन्छ । कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियो गौरव गिरीको निर्देशनमा बनेको हो । यसअघि गायिका अन्जु पन्तसँग ओई माया गर्नेवालीसँग मा स्वर तथा संगीत दिएका थिंङ पछिल्लो समय संगीत सिर्जनामै ब्यस्त छन । उनको केहि दिनमै पहिलो नजर बोलको अर्को सांगितिक कोसेली सार्वजनिक हुदैछ । 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा